
दीपेन्द्र प्रजापति/ कालो झोला ।
काठमाडौं, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जोरपाटी स्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा त्यहाँ स्थित नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गर्नुभएको छ ।
जनतालाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै मुलुकका लागि अपरिहार्य दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्देश्य राखी नयाँ भवन उपयोगी हुने ठानिएको छ ।
सो कलेजले हालसम्म एम वि वि एस मा २ हजार २ सय ६२, वि डि एस मा ३ सय ३५, एम डि/एम एस र एम डि एस मा ३ सय २४ जना, विशिष्टीकृत सेवा अन्तरगत डि एम/एम सी एच मा ८, वि एस्सी नर्सिङ र एम एस्सी नर्सिङमा २ सय आठ गरी स्थापना काल देखि हालसम्म ४ हजार ९८ जना दक्ष प्राविधिक जनशक्ति उत्पादन गरेको जनाइएको छ ।

कार्यक्रममा स्वास्थ तथा जनसंख्यामन्त्री प्रदीप पौडेल लगायत प्रतिनिधिसभा सदस्यहरु को पनि सहभागीता रहेको थियो ।