नेशनल मेडिकल कलेज द्वारा स्पोर्ट्स वीक २०८२ विभिन्न कार्यक्रम गरी सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, २२ चैत्र । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्ज द्वारा स्पोर्ट्स वीक २०८२ अन्तर्गत उद्घाटन कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ । कलेज परिसर स्थित फुटबल ग्राउण्डमा बिहान ९:३० बजेदेखि सुरु भएको उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रम नेशनल मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. के. एन. सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीको उपस्थिति रहेको थियो । विशेष अतिथिका रूपमा एडमिशन तथा मार्केटिङ निर्देशक अबिद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इश्रत जहाँ अन्सारी, उप-प्राचार्य डा. रवि शंकर गुप्ता, डेन्टल उप-प्राचार्य प्रा. डा. सरोज देव, नर्सिङ निर्देशक प्रा. गंगा गुरुङ, नर्सिङ क्याम्पसकी उप-प्राचार्य प्रा. बबिता सिंह लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्पोर्ट्स चेयरपर्सन प्रा. डा. आनन्द कुमार चौरेसिया, स्पोर्ट्स सदस्य सचिव जाफ्रे आलम अन्सारी तथा स्पोर्ट्स को-अर्डिनेटर मोहम्मद फिरोजको सक्रिय भूमिका रहेको थियो । साथै मधेश प्रदेशका राष्ट्रिय क्रिकेट खेलाडी तथा कप्तान हाशिम अन्सारीको विशेष उपस्थिति कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो । त्यसपछि अध्यक्ष, विशेष अतिथि तथा प्रमुख अतिथि बाट मन्तव्य व्यक्त गरिएको थियो, जसमा खेलकुदले विद्यार्थीहरूमा अनुशासन, स्वास्थ्य तथा नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको थियो ।

उद्घाटन अवसरमा विभिन्न संकायका विद्यार्थीहरू द्वारा आकर्षक मार्चपास्ट प्रस्तुत गरिएको थियो । साथै स्वयंसेवकहरू लाई खेल सामग्री वितरण गरिएको थियो भने कार्यक्रमलाई थप उल्लासमय बनाउन बेलुन उडाएर कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा विद्यार्थी र शिक्षकबीच मैत्रीपूर्ण उद्घाटन खेल सम्पन्न भएको थियो, जसले सम्पूर्ण वातावरणलाई ऊर्जा र उत्साहले भरिपूर्ण बनाएको थियो। कार्यक्रममा आईटी, मार्केटिङ, प्रशासन तथा सञ्चारकर्मीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।

स्पोर्ट्स वीक २०८२ अन्तर्गत आगामी दिनहरूमा विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरिने कलेज का प्रेस सलकार आशिक अन्सारीले जनाउनु भएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

    काठमाडौं । निर्देशक घनश्याम लामिछानेले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् । सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्र ‘तिमी मेरो म तिम्रो’लाई घनश्याम लामिछानेले निर्देशन गर्न लागका हुन् ।…

    इरान युद्धमा मध्यपूर्वका १६ अमेरिकी सैन्य अड्डामा क्षति

    काठमाडौँ । मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा इरानका हमलाबाट ठूलो क्षति पुगेको खुलेको छ। सिएनएनको अनुसन्धान प्रतिवेदनअनुसार इरानले विभिन्न देशमा रहेका अमेरिकी अड्डाहरूलाई लक्षित गरी अहिलेसम्मकै गम्भीर क्षति पुर्‍याएको…

    पहिलो

    प्रहरीको सेवा अझ नागरिकमैत्री र व्यावसायिक बनाउनुपर्छ- महानिरीक्षक कार्की

    • May 2, 2026
    • 0 views
    प्रहरीको सेवा अझ नागरिकमैत्री र व्यावसायिक बनाउनुपर्छ- महानिरीक्षक कार्की

    अवैध रुपले भारततर्फ लैजाँदै गरेको ६ हजार ९ केजी स्याउसहित तीन गाडी नियन्त्रणमा

    • May 2, 2026
    • 12 views
    अवैध रुपले भारततर्फ लैजाँदै गरेको ६ हजार ९ केजी स्याउसहित तीन गाडी नियन्त्रणमा

    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पर्साबाट पक्राउ

    • May 2, 2026
    • 1 views
    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पर्साबाट पक्राउ

    रास्वपा सभापति लामिछानेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता

    • May 2, 2026
    • 14 views
    रास्वपा सभापति लामिछानेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता

    ५ हजार सैनिक फिर्ता बोलाउने

    • May 2, 2026
    • 6 views
    ५ हजार सैनिक फिर्ता बोलाउने

    चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

    • May 2, 2026
    • 14 views
    चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा