नेशनल मेडिकल कलेज द्वारा “Run for Health, Run for Life” नारासहित हेल्थ म्याराथन सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, २१ चैत्र । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा “Run for Health, Run for Life” नारासहित आयोजना गरिएको हेल्थ म्याराथन कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रम स्पोर्ट्स वीक २०८२ अन्तर्गत आयोजना गरिएको थियो।

स्वास्थ्य प्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको म्याराथनमा विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी तथा स्थानीय सहभागीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम बिहान ६:३० बजेबाट सुरु भई ७:०० बजे औपचारिक रूपमा फ्ल्याग अफ गरिएको थियो ।

कार्यक्रम नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथिका रूपमा सशस्त्र प्रहरी बल (APF) १३ गणका एसपी मोहन बहादुर क्षेत्रीको उपस्थिति रहेको थियो, भने विशिष्ट अतिथिका रूपमा बीरगंज आर्मी ब्यारेक प्रमुख लोकेन्द्र कार्की, अतिथि जिल्ला ट्राफिक प्रमुख सहित पर्सा खेलकुद विकास समितिका रेफ्री विशेश्वर पटेलको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई थप गरिमा प्रदान गर्दै एडमिशन अफेयर्स एण्ड मार्केटिङ डाइरेक्टर अबिद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी लगायतको उपस्थिति रहेको थियो । साथै मार्केटिङ, प्रशासन तथा सञ्चारकर्मीहरूको पनि सक्रिय सहभागिता रहेको थियो ।

म्याराथनलाई सुरक्षित तथा व्यवस्थित बनाउन राष्ट्रिय एथलेटिक्स प्रशिक्षक विशेष्वर पटेल द्वारा वार्मअप तथा सुरक्षा निर्देशन प्रदान गरिएको थियो । सहभागीहरूको सुरक्षालाई प्राथमिकता दिँदै एस्कर्ट टोली, ट्राफिक समन्वय तथा एम्बुलेन्स सेवा (चलायमान तथा स्ट्यान्डबाइ) को प्रभावकारी व्यवस्था गरिएको थियो ।

म्याराथन मार्गका विभिन्न स्थानहरूमा स्थापना गरिएका सहायता केन्द्रहरूबाट सहभागीहरूलाई प्राथमिक उपचार, पानी तथा आवश्यक सहयोग उपलब्ध गराइएको थियो ।

कार्यक्रमको अन्त्य NMCTH (गोलम्बर नं. २ बास्केटबल कोर्ट) मा भई समापन तथा पदक वितरण कार्यक्रम सम्पन्न गरिएको थियो । प्रतियोगिताअन्तर्गत पुरुष तर्फ अनिल श्रेष्ठ प्रथम, स्यामसन श्रीस द्वितीय तथा सन्जु सिंह बस्नेत तृतीय भएका थिए भने महिलातर्फ बिपना प्रथम, अलिशा खातिन द्वितीय र करुणा तृतीय भएका थिए ।

यसैगरी फ्याकल्टीतर्फ डा. प्रशान्त ठाकुर प्रथम, डा. विशाल द्वितीय तथा डा. आदित्य राज तृतीय भएका थिए भने स्टाफतर्फ सगीर हुसैन प्रथम, सञ्जय द्वितीय र धनञ्जय मण्डल तृतीय भएका थिए ।

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले स्वास्थ्य सेवा, शिक्षा तथा सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समाजप्रति आफ्नो प्रतिबद्धता निरन्तर रूपमा देखाउँदै आएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 31 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 28 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 39 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 187 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 52 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 48 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ