वन संरक्षण सँगै पर्यटन विकासमा नयाँ अभियान-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २२ चैत । पर्सागढी नगरपालिका–३ झवराहस्थित ईन्दु झवराह जंगल रिसोर्टले वन संरक्षण र पर्यापर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै नयाँ अभियान सुरु गरेको छ । यसैक्रममा सबैया साझेदारी वन उपभोक्ता समूहका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई एक कार्यक्रमबीच स्वागत तथा सम्मान गरिएको छ ।

रिसोर्ट परिसरमा आयोजित कार्यक्रममा सञ्चालकले नव निर्वाचित सदस्यहरूलाई खादा लगाएर सम्मान व्यक्त गरेका थिए । कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडा, डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमद, सबैया सब–डिभिजन कार्यालयकी रेन्जर कविता दास, सबैया साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष लखनलाल साह, उपाध्यक्ष असलम आलमसहित विभिन्न सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

“वन जोगाऔं–पर्यावरण बचाऔं” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा वन संरक्षण र पर्यटन विकासलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिइयो । रिसोर्टका प्रबन्धक मणिन्द्रलाल नेपालीले पर्सा क्षेत्रमा पहिलोपटक जंगल रिसोर्ट सञ्चालन गरी प्रकृति, वन्यजन्तु र जैविक विविधताको अवलोकन गराउने लक्ष्य राखिएको बताए ।

उनले पर्यटक आकर्षण बढाउन तथा पर्यटन उद्योगलाई टेवा पुर्‍याउन केही आवश्यक पूर्वाधार विकासका विषयहरू पनि अघि सारे । जसअनुसार साझेदारी वनदेखि पर्सा राष्ट्रिय निकुञ्जको महादेव पोस्टसम्म ग्राभेल सडक निर्माण, निर्माण भइसकेको हात्तीसार सञ्चालनमा ल्याउने, प्रयोगविहीन पोखरी क्षेत्रमा भ्यू टावर निर्माण गर्ने तथा वन्यजन्तुका लागि पानीको व्यवस्थापन गर्न पोखरी निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

यस्तै, जंगल क्षेत्रमा अनियन्त्रित मानव प्रवेशका कारण वन विनाश बढ्दै गएको उल्लेख गर्दै तारबारसहित एकद्वार प्रणाली लागू गर्नुपर्ने सुझाव दिइएको छ। रिसोर्टले यस्ता संरचना निर्माण तथा व्यवस्थापनको जिम्मेवारी लिन तयार रहेको जनाएको छ ।कार्यक्रमका वक्ताहरूले वन संरक्षण, स्थानीय सहभागिता र पर्यापर्यटन विकासलाई सन्तुलित रूपमा अघि बढाउन सके पर्सालाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ ।…

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 52 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 61 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 122 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 82 views