नेशनल मेडिकल कलेज द्वारा आदर्श कोतवाल गाउँपालिकामा “निःशुल्क बृहत स्वास्थ्य शिविर” सम्पन्न, हजारौं बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बारा, १२ वैशाख । बारा जिल्लाको कोतवाल गाउँपालिकामा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्ज द्वारा “बृहत निःशुल्क स्वास्थ्य शिविर” भव्य रूपमा सम्पन्न गरिएको छ ।

शुक्रबार बिहान करिब ०९:३० बजे देखि सञ्चालन भएको उक्त शिविरमा ग्रामीण भेगका नागरिकहरूलाई लक्षित गरी व्यापक र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।

शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण, ECG, ECHO तथा USG सेवा उपलब्ध गराइएको थियो । विभिन्न विशेषज्ञ विभागहरूको सक्रिय सहभागितामा सञ्चालन भएको यस शिविरमा जनरल फिजिसियन, मुटु रोग, छाला रोग, स्त्री तथा प्रसूति रोग, हाड जोर्नी तथा नशा रोग, बाल रोग तथा रेडियोलोजी लगायतका सेवाहरू प्रदान गरिएको थियो । उक्त शिविरबाट कुल १ हजार ८२ जना बिरामीहरूले प्रत्यक्ष लाभ लिएका छन् ।

कार्यक्रममा आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष जवाहर प्रसाद साह, प्रमुख प्रशासकीय अधिकृत विजय कुमार चौरसिया, स्वास्थ्य शाखा प्रमुख पारस राय यादव तथा कार्यक्रम संयोजक रमाकान्त साहको उल्लेखनीय उपस्थिति रहेको थियो ।

त्यसै गरी नेशनल मेडिकल कलेजको तर्फबाट अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, कार्डियोलोजिस्ट डा. जितेन्द्र मिश्र तथा वरिष्ठ मिडिया सल्लाहकार आशिक अन्सारीको सक्रिय सहभागिता रहेको थियो ।

यस अवसरमा आदर्श कोतवाल गाउँपालिका र नेशनल मेडिकल कलेज, वीरगञ्जबीच स्वास्थ्य सेवाको विस्तार तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले महत्वपूर्ण समझदारीपत्र (MoU) मा हस्ताक्षर गरिएको छ । उक्त सम्झौतामा गाउँपालिका अध्यक्ष जवाहर प्रसाद साह र अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारीले हस्ताक्षर गरेका छन् ।

“सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रत्येक नागरिकसम्म” भन्ने लक्ष्यका साथ आयोजना गरिएको यस बृहत निःशुल्क स्वास्थ्य शिविरले ग्रामीण समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै स्थानीय तह र स्वास्थ्य संस्थाबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    कर्तव्य ज्यान सम्बन्धी कसुरमा संलग्न तीन जना किर्तिपुरबाट पक्राउ

    COPY ALL NEWS काठमाडौं । कर्तव्य ज्यान सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-९ भाजंगल बस्ने अछाम साँफेबगर नगरपालिका-४ घर…

    मन्त्रिपरिषद्को बैठक आज बस्दै

    काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधामन्त्री बालेन शाहले बिहान ११ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक बोलाएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

    पहिलो

    कर्तव्य ज्यान सम्बन्धी कसुरमा संलग्न तीन जना किर्तिपुरबाट पक्राउ

    • May 8, 2026
    • 33 views

    करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

    • May 8, 2026
    • 31 views
    करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

    विश्वविद्यालयहरुको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

    • May 8, 2026
    • 29 views
    विश्वविद्यालयहरुको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

    ‘सुपर-अर्थ’ ग्रह बारे वैज्ञानिकहरुको महत्वपूर्ण अध्ययन

    • May 8, 2026
    • 30 views
    ‘सुपर-अर्थ’ ग्रह बारे वैज्ञानिकहरुको महत्वपूर्ण अध्ययन

    सुनचाँदीको मुल्य बढ्यो

    • May 8, 2026
    • 16 views
    सुनचाँदीको मुल्य बढ्यो

    मन्त्रिपरिषद्को बैठक आज बस्दै

    • May 8, 2026
    • 28 views