नेशनल मेडिकल कलेज मा विश्व स्तनपान सप्ताह २०८२ सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २२ श्रावण । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगञ्जमा विश्व स्तनपान सप्ताह २०८२ विशेष कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ । समापन समारोहको प्रमुख आकर्षणहरूमा बाल रोग विभागको नयाँ वार्ड उद्घाटन, शिशु सहित आमाहरूको सम्मान, तथा विद्यार्थीहरू द्वारा प्रस्तुत स्तनपान सम्बन्धी शैक्षिक कार्यक्रम रहेको थियो ।

कार्यक्रमका विशेष अंशहरूमा आमाहरूको मातृत्वको सम्मान स्वरूप स्मृति चिन्ह र तस्बिर प्रदान गरिनु उल्लेखनीय रह्यो । साथै स्तनपानको महत्वबारे सचेतनामूलक स्वास्थ्य शिक्षा सत्रहरू सञ्चालन गरियो । जसबाट उपस्थित आमाहरू र स्वास्थ्यकर्मीहरूले उपयोगी जानकारी प्राप्त गरेका थिए । विद्यार्थीहरु द्वारा प्रस्तुत शैक्षिक कार्यक्रमले स्तनपानसम्बन्धी जनचेतना अभिवृद्धिमा टेवा पुर्याएको छ ।

कार्यक्रममा प्रबन्ध निर्देशक सहनवाज अन्सारी, शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ यासमिन, अस्पताल निर्देशक डा. ईसरत जहान अन्सारी, नर्सिङ डाईरेक्टर, भाईस प्रिन्सिपल, सि.आई.ओ., म्याट्रोन, विभिन्न विभाग प्रमुखहरू, साथै प्रशासन, नर्सिङ र मार्केटिङ टिमका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यस समापन समारोहले मातृत्वको सम्मान गर्दै स्तनपानलाई स्वस्थ शिशुका लागि आधारभूत अधिकारका रूपमा पुनः पुष्टि गरेको छ ।

  • Bishnu Timalsina

    Related Posts

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    दीपेन्द्र प्रजापति/कालो झोला । बारा, २१ जेठ । कोल्हवी नगरपालिका, बाराको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 35 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 26 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 30 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 29 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 31 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 29 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन