नेशनल मेडिकल कलेज र नेपाल ट्रक यातायात व्यवसायी महासंघ बीच बिरामी उपचार सम्बन्धी सम्झौता-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १० श्रावण । बीरगंज स्थित रहेको शिक्षण अस्पताल नेशनल मेडिकल कलेज प्रा. लि. र नेपाल ट्रक यातायात व्यवसायी महासंघ बीच शुक्रबार सवारी दुर्घटनामा घाइते, कार्यरत पदाधिकारी, कर्मचारी तथा चालकहरूको सहज उपचारको व्यवस्था गर्न बिरामी उपचार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा नेशनल मेडिकल कलेजले महासंघ बाट सिफारिस भई आउने बिरामीहरूलाई प्राथमिकताका साथ स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र आकस्मिक अवस्थामा तुरुन्त उपचार शुरू गर्ने व्यवस्था गरिएको छ ।

सम्झौतामा ३ लाख रुपैयाँ सम्मको उपचार खर्च सम्बन्धित स्थानीय संघ/संस्थाले व्यहोर्ने र सोभन्दा बढी खर्च महासंघले बेहोर्ने सहमति गरिएको छ ।

बीमा दावी प्रक्रियामा आवश्यक सम्पूर्ण कागजात अस्पतालले उपलब्ध गराउनेछ ।दुवै पक्षले ३ वर्षको लागि यो सम्झौता गरेका छन्, जुन आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ ।

सम्झौता अन्तर्गत देशभरका विभिन्न १८ वटा यातायात व्यवसायी संघहरू रहेका छन् । नारायणी यातायात व्यवसायी संघ, हेटौंडा, बाणगंगा यातायात व्यवसायी समिति, कपिलबस्तु, तराई यातायात व्यवसायी संघ, सिमरा, पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवल, मध्यपश्चिमाञ्चल ट्रक टेक्टर व्य.संघ, सुर्खेत, ट्रक यातायात व्यवसायी संघ नेपाल, काठमाडौ, राप्ती अंचल सयक्त ट्रक व्य.समिति, दाङ, कोशी ट्रक व्यवसायी संघ, ईटहरी, लुम्बीनी ट्रक व्यवसायी संघ भैरहवा तथा भेरी अंचल ट्रक ट्याङ्गर व्य. समिति, नेपालगंज रहेका छन् ।

यसै गरी बिराटनगर ट्रक व्यवसायी संघ, बिराटनगर, गण्डकी ट्रक यातायात व्यवासयी संघ, पोखरा, सर्लाही ट्रक व्यवसायी संघ, हरिऔन, सेती महाकाली ट्रक व्यवसायी संघ, सेती, लुम्बिनी साना मझौला ढुवानी व्यवसायी संघ, लुम्बिनी, संयूक्त परिवहन व्यवसायी समिति, धरान, बाग्मती टिपर व्यवसायी संघ, बनेपा र नेपाल ट्रक कन्टेनर व्यवसायी संघ, लोकन्थली समावेश रहेका छन् ।

सम्झौतामा नेशनल मेडिकल कलेजको तर्फबाट ई. प्रदीप कुमार चोधरी (CIO) र नेपाल ट्रक यातायात व्यवसायी महासंघको तर्फ बाट ओम कृष्ण कार्की (केन्द्रीय कोषाध्यक्ष) ले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा कॉलेज का मार्केटिंग मैनेजर जीतेश दास, एडमिन विश्वनाथ कान्त, तराई यातायात व्यवसायी संघका महासचिव अर्जुन प्रसाद अधिकारी, का.स.स. मदन राज कंसकार लगायत मीडिया संयोजक आशिक अंसारीको पनि उपस्थिति रहेको थियो ।

यो सम्झौताले ट्रक व्यवसायीहरूको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    दीपेन्द्र प्रजापति/कालो झोला । सप्तरी, ०६ जेठ । भारत सरकारको आर्थिक सहयोगमा निर्मित मधेश प्रदेशको सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकामा रहेको श्री जनता माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको बुधबार बिरगंज स्थित…

    पहिलो

    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    • May 21, 2026
    • 23 views
    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    • May 20, 2026
    • 37 views

    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    • May 20, 2026
    • 45 views
    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    मोटर साईकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ-

    • May 20, 2026
    • 37 views
    मोटर साईकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल द्वारा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न-

    • May 20, 2026
    • 53 views
    सशस्त्र प्रहरी बल द्वारा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न-

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    • May 19, 2026
    • 84 views
    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-