नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बिरगंज, १५ जेष्ठ । बिरगंजस्थित नेशनल मेडिकल कलेजमा बिरगंज महानगरपालिकाका ३२ वटा वडाका स्वास्थ्य चौकी प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्देश्य नेशनल मेडिकल कलेजले नेपाल सरकारबाट मान्यता प्राप्त विभिन्न स्वास्थ्य सेवाहरू जस्तै स्वास्थ्य बीमा सेवा, सामाजिक सुरक्षा कोष, विपन्न नागरिक औषधि उपचार, क्षयरोग (टीबी) कार्यक्रम, खोप सेवा, कर्मचारी सञ्चय कोष सेवा—बारे जानकारी दिनु रहेको थियो ।

कार्यक्रम नेशनल मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. के.एन. सिंहको अध्यक्षतामा सम्पन्न भयो भने प्रमुख अतिथि कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारी थिए । उनले नेपाल सरकारले निःशुल्क उपचारको व्यवस्था गरे तापनि धेरै नागरिकहरूले यसको लाभ लिन नसकेको भन्दै स्वास्थ्य चौकी प्रमुखहरूलाई आफ्ना वडामा यसबारे जनचेतना फैलाउन आग्रह गरे । साथै, आगामी दिनमा मधेश प्रदेशका आठ जिल्लाका स्वास्थ्य चौकीहरूसँग यस्तै अन्तरक्रिया कार्यक्रम गर्ने जानकारी समेत दिए ।

कार्यक्रममा कलेजका एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ अस्मिन, एडमिसन तथा मार्केटिङ डाइरेक्टर आबिद हुसैन अन्सारी, हस्पिटल डाइरेक्टर डा. इसरत जहाँ अन्सारी, भाइस प्रिन्सिपल डा. रविशंकर गुप्ता, मेट्रोन विकास गुप्ता लगायतको पनि उपस्थिति रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २८ असार । नेपाली कांग्रेस वडा नं.२१ को बुथ समिति द्वारा पार्टी प्रवेश कार्यक्रम को आयोजना गरेको छ । उक्त कार्यक्रम मा विभिन्न पार्टी प्रत्याग…

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    दीपेन्द्र प्रजापति/कालो झोला। वीरगंज, २६, असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको अभाव भएका क्षेत्रमा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 126 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-