न्युजिल्यान्डविरुद्ध भारत ४६ रनमा अलआउट

काठमाडौँ। न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो पारीमा घरेलु टोली भारत ४६ रनमा अलआउट भएको छ । टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो दिन ३१.२ ओभर ब्याटिङ गरेपछि अलआउट भएको थियो ।

भारतका ५ जना ब्याट्सम्यानले खाता खोल्न सकेनन् । न्युजिल्यान्डका म्याट हेनरीले ५ र विलियम ओरोर्कले ४ विकेट हात पारे । टिम साउथीले एक विकेट लिए । भारतका विकेटकिपर रिसभ पन्तले सर्वाधिक २० रन जोडे । यसस्वी जैसवालले १३ रन बनाए ।

अन्यले दोहोरो अंक छुन सकेनन् । विराट कोहली, सरफराज खान, केएल राहुल, रवीन्द्र जडेजा र रविचन्द्रन आश्विनले खाता खोल्न सकेनन् । कप्तान रोहित शर्माले २, कुलदीप यादवले २, जसप्रित बुमराहले १, मोहम्मद सिराजले ४ रन बनाए ।

तीन खेलको शृङ्खलाको पहिलो खेल बिहीबारदेखि बैंगलोरमा सुरु भएको थियो ।

  • Related Posts

    पशुपति क्षेत्रमा ट्राफिक सुरक्षा योजना तयार, यी स्थानमा हुनेछ पार्किङ सुविधा

    काठमाडौँ । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति…

    एमसीसी रोक्ने निर्णय

    ७ फागुन, काठमाडौं । अमेरिकी सरकारले एमसिसीको अनुदान रोक्ने निर्णय गर्दैगर्दा यता नेपालमा १० कम्पनीले प्रसारण लाइन परियोजना निर्माणका लागि बोलपत्र पेस गरेका छन् । अमेरिकी सहायता नियोग मिलेनियम च्यालेञ्ज…

    पहिलो

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    • June 24, 2025
    • 8 views
    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    • June 23, 2025
    • 96 views
    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 56 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 121 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 161 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 102 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-