पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टद्वारा राजीनामा

काठमाडौँ । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । विष्टले शुक्रवार राजीनामा दिएका हुन् ।

यसअघि महासंघको अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएपछि विष्ट कार्यवाहक अध्यक्ष बनेका थिए । सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेपछि विष्टले राजीनामा दिएका हुन् ।

विष्टले राजीनामा महासंघका उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई बोधार्थ दिएका छन् । महासंघको विधि विधान र संरचनालाई लत्त्याएर पत्रकारिता नगरेका र फारम नभरेका करिब ४ सय व्यक्तिलाई सदस्यता दिएको विषयमा जिल्ला अध्यक्षहरूले प्रश्न उठाएपछि त्यसको उत्तर दिन नसक्दा असोज १२ का लागि तोकिएको महासंघको निर्वाचन अनिश्चित बनेको विष्टले बताए ।

यसअघि विष्टले बिहीबार महासंघको केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए । उनको पत्रपछि केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ ।

  • Related Posts

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    मुना न्यौपाने काठमाडौँ, फागुन २ गते । नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन जारी छ । बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ । नेतृत्वका लागि हालका…

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    मुनामदन सिलवालकाठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ७ मैजुबहालमा अवस्थित कुमारी मन्दिर अवस्थित छ । प्रत्येक वर्षझै यस पर्व पनि स्थानीयबासीहरुको सक्रियतामा पूजाअर्चना भव्यताका साथ सम्पन्न भएको छ । यसैसात…

    पहिलो

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    • February 14, 2025
    • 39 views
    मानव बेचबिखन कार्यमा सलंग्न एक जना  भारतिय सहित दुई जना पक्राउ-

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    • February 14, 2025
    • 4 views

    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    • February 14, 2025
    • 20 views
    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    • February 13, 2025
    • 46 views
    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    गण्डकी कोटिहोम ज्ञान महायज्ञका लागि कुनै बाधा, अवरोध नगर्नु उच्च अदालतद्वारा आदेश जारी

    • February 13, 2025
    • 32 views

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    • February 13, 2025
    • 29 views