
दीपेन्द्र प्रजापति/कालो झोला ।
गौर, ११ असार । रौतहट जिल्लाको परोहा नगरपालिकाको ९ औं नगरसभा मंगलबार भव्य रूपमा सम्पन्न भएको छ । नगर प्रमुख शेख वकिलको प्रमुख अतिथिमा तथा अध्यक्षतामा सम्पन्न भएको छ ।
सभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५३ करोड ६७ लाख ८२ हजार ६४ रुपैयाँको बजेट प्रस्तुत गरिनुका साथै नगरसभा बाट सर्वसम्मत रूपमा पारित गरिएको छ ।
नगरपालिकाले आगामी वर्षमा शिक्षा, स्वास्थ्य, रोजगार, कृषि तथा महिला तथा बाल विकास जस्ता क्षेत्रहरूमा विशेष प्राथमिकता दिँदै योजना अघि बढाउने प्रतिबद्धता जनाएको छ । आर्थिक बिकास र उन्नतिको आधार : पुर्वाधार , कृषि , उधम र रोजगार पहिचानको नाराले परोहा नगरपालिकाले नगर सभा सम्पन्न गरिएको छ ।
राजस्व बाँडफाँटबाट प्राप्त रकम संघ र प्रदेशको रकमका साथै संघीय सरकारबाट समानीकरण अनुदान, ससर्त अनुदान चालूरपुँजीगत, विशेष अनुदान पुँजीगत र समपूरक अनुदान पुँजीगत, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, ससर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी उक्त बजेट प्रस्तुत गरिएको नगर प्रमुख शेख वकिलले बताए ।
युवा , शिक्षा तथा खेलकुद , आधारभूत स्वास्थ्य , कृषि तथा पशुपन्छी , रोजगार र पर्यटन , वातावरण तथा बिपद ब्यवस्थापन , पुर्वाधार , शहरी बिकास तथा भवन निर्माण , खानेपानी तथा सरसफाइ , महिला , बालबालिका त् जेष्ठ नागरिक , सहकारी तथा संघ संस्था , कानुन तथा न्याय , सार्वजनिक सेवा , सुशासन र क्षमता बिकास , राजस्व तथा वित्त ब्यवस्थापन आगामी आर्थिक वर्ष २०८२/२०८३ को क्षेत्रगत निति तथा कार्यक्रम ल्याएको नगर प्रमुख शेख वकिलले बताएका छन् ।
सो नगरसभामा प्रमुख प्रशासकीय अधिकृत मोहमद मोहफुज अहमद , उप नगर प्रमुख सुगान्धी गिरि , बिधायक प्रत्याशी रामचन्द्र गिरि , वडा अध्यक्ष महेश सिंह , कपिल अन्जुम , नागेन्द्र पटेल , रामबिलाश पटेल , जवाहरलाल राय यादव , खेदु मुखिया लगायत कार्यपालिका सदस्य, नगरसभा सदस्यहरू, कर्मचारी, पत्रकार, सुरक्षाकर्मीहरुकोब उपस्थिति रहेको थियो ।