दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ११ मंसिर । पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु र एक जनाको अवस्था पनि गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार शनिबार राति करिब ०९:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४ नर्सिङ माध्यमिक विद्यालय स्थित मधेश प्रदेश ०३-०२७ प ००९८ नम्बको मोटरसाइकल आफैमा अनियन्त्रित भई दुर्घटना हुँदा सो मोटरसाईकलमा सवार वीरगञ्ज महानगरपालिका वडा नं. १२ मुर्ली बस्ने वर्ष १९ को साहिल हवारी र वर्ष २० को सरताज अंसारी रहेको तथा दुवै जना गम्भिर घाईते भएकोले निजहरूलाई तत्काल उपचारको लागि वीरगञ्ज स्थित स्पर्श मल्टी स्पेशलिटी हस्पिटलमा लगी उपचार भई रहेकोमा गम्भिर घाईते मध्येका मोटरसाइकल चालक वर्ष १९ को साहिल हवारीको उपचारको क्रममा मृत्यु भएको जानकारी पश्चात मृतक साहिल हवारीको लास जाचँ प्रकृती मुचुल्का लगायतको अनुसन्धान कार्य सम्पन्न गरी पोष्ट मार्टमकोलागी नारायणी अस्पताल वीरगञ्ज पठाई थप अनुसन्धान कार्य भैरहेको कुरा सूचना अधिकारी गिरीले बताएका छन् ।