दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ११ बैशाख । पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. १७, अलौं टोलमा आज बिहान करिब ०३:०० बजेको समयमा आगलागी हुदा लाखौंको जनधनको छति भएको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा ले जनाएको छ ।

एक्का बिहानै महेन्द्र सहनीको फुसको घरमा बिधुतको तार सर्ट भई अचानक आगलगी हुदा निज को घर, अनपात, लत्ता कपडा , सरसामान, सुन चाँदी  तथा १ वटा गाई, ४ वटा बाख्रा गरी   अंदाजी मुल्य रु. १० लाख ६३ हजार बराबरको क्षेति भएको छ भने निजको घर बाट आगो सल्केर ६ जना अन्य मानिसहरुको घर समेत जलेको छ ।

सोही क्रममा मैना सहनी को घर, अनपात, लत्ता कपडा, सरसामान, बाख्रा २ वटा, खसि २ वटा गरी जम्मा अंदाजी मुल्य रु. ८ लाख ६८ हजार बराबरको,  बिरेन्द्र सहनीको घर, अनपात, लत्ता कपडा, सरसामान गरी अंदाजी मुल्य रु. ४ लाख ,८० हजार बाराबरको, फुलदेव सहनी को घर, अनपात, लत्ता कपडा , सरसामान, सुन चाँदी गरी अंदाजी मुल्य रु. ४ लाख १६ हजार बराबरको, अभय सहनी को  घर, अनपात, लत्ता कपडा , सरसामान, सुन चाँदी गरी अंदाजी मुल्य रु. ७ लाख  ८० हजार बराबरको छति भएको छ ।

यसै गरी तुफान सहनी को घर, अनपात, लत्ता कपडा , सरसामान, सुन चाँदी  गरी  अंदाजी मुल्य रु. ११ लाख ६० हजार बराबरको तथा अदालत साह को घर, अनपात, लत्ता कपडा, सरसामान, सुन चाँदी गरी  अंदाजी मुल्य रु. ६ लाख २३ हजार बराबरको क्षेति गरि जम्मा अंदाजी मुल्य रु. ५३ लाख ९० हजार बराबरको क्षेति भएको तथा उक्त आगो दमकल, प्रहरी र स्थानियहरु को सहयोगमा बिहान करिब ०५;०० बजेको समयमा पुर्ण रुपमा नियन्त्रणमा आएको थियो ।