दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०३ माघ । सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा बुधबार बिहान करिब १०:०० बजे देखी दिउँसो ०३:०० बजे सम्म पर्साको ठोरी गाउँपालिका वडा नं. ०५ स्थित रामनगर तथा बुद्धनगरमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको करिब १० जनाको प्रहरी टोलीले अवैधरूपमा लगाइएको २ कठ्ठा १० धुरमा १ हजार  ५ सय गाँजाको बोट फडानी तथा नष्ट गरिएको छ ।

साथै गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइएको छ ।