दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २३ पौष । जिल्ला प्रहरी कार्यालय, पर्सा ले शुक्रबार राति करिब ०९:१५ बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. १२ स्थित सडक खण्ड बाट चोरीको मोटरसाइकल सहित एक जना मानिस लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

रौतहट जिल्लाको वृदावन नगरपालिका वडा नं. ०१ हाल वीरगञ्ज महानगरपालिका वडा नं. १२ बस्ने वर्ष ३६ को अजय कुमार यादवको नाममा दर्ता रहेका प्र. २-०३-०१२ प २६३८ नम्बरको ग्रे रंगको ३५० सि.सि. को बुलेट मोटरसाईकल पार्किङ गरी राखिएको अवस्थाबाट बारा जिल्लाको कोल्वी नगरपालिका वडा नं. ०७ बस्ने वर्ष २० को भुवन चौधरीले उक्त मोटरसाइकल को लक तोडी डोर्‍याउदै गरेको अवस्थामा स्थानीय तथा सवारी धनीले हो-हल्ला गरिरहेको भन्ने समेत व्यहोराको जानकारी प्राप्त भइ यस कार्यालय बाट खटिएको बिशेष टोलीले उल्लेखित स्थानमा पुगी उल्लेखित नम्बरको मोटरसाइकल तथा चोरी गरी लाने व्यक्तिलाई नियन्त्रणमा लिइ यस कार्यालय ल्याई थप अनुसन्धान कार्य भैरहेको कुरा शनिबार पर्सा प्रहरी का प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।