दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंजद, १८ पुष । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा मंगलबार राति करिब ११:४० बजेको समयमा बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको तीन वटा माल बाहक ट्रकहरु आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति वीरगञ्ज बाट कैलाली, सुनसरी तथा काठमाण्डौ तर्फ जाँदै गरेको ना. ४ ख ८३१८, ना. ३ ख ४१४१ तथा NL 01 G 1886 नम्बरको भारतीय नम्बर प्लेटको कन्टेनर मालवाहक ट्रकहरुलाई वीरगञ्ज महानगरपालिका वडा नं. १५, ८ र १४ को गण्डक, घण्टाघर र प्रतिमा चोकस्थित सडक खण्ड मा रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रू.१ करोड ८९ लाख ९७ हजार २ सय ८७ बराबरको ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।