दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १६ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बिल विजक भन्दा बढी खुद्रा तथा हार्डवेयर लगायतका सामानहरू बोकेको एउटा माल बाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज बाट चितवन तर्फ जाँदै गरेको अवस्थामा यस कार्यालय बाट खटिएको प्रहरी टोलीले सोमबार राती करिब ११:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०८, घण्टाघर स्थित सडक खण्ड बाट ना. ०८ ख ४०१८ नम्बरको मालवाहक ट्रक रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अंदाजी मूल्य रू. ५१ लाख ०९ हजार २ सय ०७ बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको खुद्रा तथा हार्डवेयर लगायतका सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मंगलबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले बताएका छन् ।