दीपेन्द्र प्रजापति कालो/झोला ।

पर्सा, १६ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बिल विजक भन्दा बढी विभिन्न मसलाहरू धनिया, सुख्खा खुर्सानी तथा जिरा लगायतका मालबस्तुहरू बोकेको एउटा मालबाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा त्यहाँ बाट खटिएको प्रहरी टोलीले आईतबार वीरगञ्ज बाट काठमाण्डौ तर्फ गईरहेको ग. २ ख ५७१ नम्बरको ट्रकलाई बीरगंज महानगरपालिका वडा नं. ०९, रेलवे सडक खण्डमा रोकी चेक जाँच गर्ने क्रममा विल बिजक संकास्पद देखिएको हुँदा अंदाजी मूल्य रू. २१ लाख १२ हजार ३ सय ६३ बराबरको ट्रक र सो भित्र लोड रहेको मसालाका सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी ले बताएका छन् ।