दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०१ पुष । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्सा, वडा प्रहरी कार्यालय, विर्ता तथा सशस्त्र प्रहरी वल नेपाल नं.१३ गण मुख्यालय, पर्सा बाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न किसिम (ब्राण्ड) का चामलहरूका साथै अन्य खाद्यान्न तथा अन्य सामाग्रीहरू भन्सार छली चोरी पैठारी गरी वीरगञ्जमा ल्याई अनाधिकृत रूपमा भण्डारण गरी लुकाई छिपाई राखेको वीरगञ्ज महानगरपालिका वडा नं. ११ स्थित रानीघाट का श्याम बर्णवाल, सुजित गुप्ता, प्रधुमन गुप्ता र बिनोद कुमार साहको गोदामहरू बिहीबार कानून बमोजिम खानतलासी गर्दा चामल २ सय ८१ क्वीन्टल, मैदा १० क्वीन्टल, सर्जिकल मेडिकल सामाग्री २ कार्टुन, हार्पिक ९ कार्टुन, हैण्डवास २ कार्टुन र स्प्रे २ कार्टुन गरी रु. २१ लाख १६ हजार ४ सय बराबरको चामल तथा अन्य सामाग्रीहरू बरामद गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि शुक्रबार वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।