दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २१ भाद्र । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार राति करिब १०:४५ बजेको समयमा बिल विजक भन्दा बढी केमिकल्स तथा खुद्रा सामानहरू बोकेको एउटा माल बाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन वीरगञ्ज बाट काठमाण्डौ तर्फ जाँदै गरेको बागमति प्रदेश ०१-००६ ख २७३१ नम्बरको मालवाहक ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक स्थित सडक खण्डमा रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रू. ४१ लाख ५२ हजार ३सय १९ बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको उल्लेखित सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी ले बताएका छन् ।