दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ३० श्रावण । जिल्ला प्रहरी कार्यालय, पर्सा ले सोमबार दिउँसो करिब ०२:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, रजतजयन्ती चोक स्थित सडक खण्डमा भारत बाट भन्सार छली चोरी पैठारी गरी वीरगञ्ज तर्फ भित्राउदै गरेको विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर पार्टसका सामानहरू त्यहाँ बाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा खटिएको प्रहरी टोलीलाई देख्नासाथ बोकी ल्याएको अपरिचित व्यक्तिहरू आफ्ना मालबस्तुहरू छाडी भागी फरार भएकोमा उक्त सामानहरू वेवारिसे अवस्थामा बरामद गरी जम्मा रू. ३ लाख ९८ हजार ९ सय ६० बराबरको मालबस्तुहरू आज आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।