दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १९ कार्तिक । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा शनिबार राति करिब ११:०० बजेको समयमा बिल विजक भन्दा बढी खुद्रा सामानहरू बोकेको एउटा माल बाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति वीरगञ्ज बाट चितवन तर्फ जाँदै गरेको ना. ३ ख ९३२ नम्बरको मालवाहक ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नं. १६, नगवापोखरी चोक स्थित सडक खण्डमा रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अंदाजी मूल्य रू. २४ लाख ४६ हजार ५ सय ३५ बराबरको ट्रक भित्र लोड रहेको खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आईतबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।