पर्सा प्रहरी द्वारा २२ किलो चरेश सहित दुई जना मानिसहरू पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २४ पौष । ईलाका प्रहरी कार्यालय, पोखरिया र अस्थायी प्रहरी चौकी, बहुअर्वा भाठ्ठा ले विशेष सुचनाको आधारमा बिहीबार बिहान करिब ०६:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नं. ०२, गर्दौल चोक भन्दा पुर्व पोखरिया वीरगञ्ज सडक खण्ड बाट प्रतिवन्धित लागु औषध चरेश सहित दुई जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

आज एक्का बिहानै दुई जना अपरिचित व्यक्तिहरू दुई वटा कालो झोला बोकी हिड डुल गरिरहेको अवस्थामा त्यहाँ बाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागि चेक जाँच गर्दा दुबै जनाले बोकेको कालो झोला भित्र राखिएको पानी खाने १० लिटरको ग्यालनको बिर्को खोली हेर्दा उक्त ग्यालनको मुखमा घिउ रहेको थोरै घिउ निकाली हेर्दा उक्त घिउ मुनी लागु औषध चरेश जस्तो देखिने पदार्थ वीरगञ्ज महानगरपालिका वडा नं. १५, मुर्ली बस्ने वर्ष २० को रैयस अली को साथमा रहेको ग्यालेनमा १० किलो ६ सय ग्राम तथा पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं. ०८, जगतपुर बस्ने वर्ष ५५ को मुनिलाल पटेलको साथमा रहेको ग्यालेनमा ११ किलो ४ सय ग्राम गरि जम्मा २२ किलो ग्राम प्रतिवन्धित लागु औषध चरेश जस्तो देखिने पदार्थ सहित निजहरु लाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०६ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा मातहतका वडा प्रहरी कार्यालय, बिर्ता द्वारा खटिएको संयुक्त प्रहरी टोलीले सोमबार राति करिब ०८:०० बजेको समयमा वीरगञ्ज…

    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०५ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बोक्सीको आरोप कसूरमा तीन जना महिलाहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ । गत २०८२ साल फागुन २७ गते…

    पहिलो

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    • May 19, 2026
    • 49 views
    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    • May 19, 2026
    • 46 views
    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • May 19, 2026
    • 27 views
    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    इरानमाथिको आक्रमण तत्कालका लागि रोकिएको ट्रम्पको घोषणा

    • May 19, 2026
    • 18 views
    इरानमाथिको आक्रमण तत्कालका लागि रोकिएको ट्रम्पको घोषणा

    आजको मौसम पूर्वानुमान

    • May 19, 2026
    • 25 views
    आजको मौसम पूर्वानुमान

    आजको राशिफल

    • May 19, 2026
    • 18 views
    आजको राशिफल