दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १८ फागुन । अस्थायी प्रहरी चौकी, उदयपुर घुर्मीले बिहीबार दिउँसो करिब ०३:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २७, रामपुर स्थित सडक खण्डमा त्यहाँ बाट खटिएको चेकिङ टोलीले नहरको बाटो हुँदै डकैला बहुअरीतर्फ जाँदै गरेको म.प्र.०३-०२६ प ००९७ नम्बरका मोटरसाईकललाई रोकी कानूनी रीतपुर्‍याई चेक जाँच गर्दा बारा जिल्लाको परवानीपुर गाउँपलिका वडा नं. ०५, बहुअरी बस्ने बर्ष २६ को दिपक पटेलले मोटरसाईकल पछाडी बाँधिएको सेतो बोरामा कुहिएको दालभित्र लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा ६ के. जी. २०० ग्राम  फेला परेको हुँदा उल्लेखित लागु औषध सहित नियन्त्रणमा लिइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको कुरा  शुक्रबार जिल्ला प्रहरी कार्यालय, पर्सा ले जनाएको छ ।