दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १५ मंसिर । प्रहरी चौकी, सिर्सिया ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २३ बाट एक जना नक्कली प्रहरी लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नं. ०८, लक्ष्मीटोल बस्ने बर्ष ४५ को गोबिन्द महतो कोईरीले ५/६ महिना देखि म मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर बाट खटि आएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ भनी जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. २३ स्थित ब्यापारीहरु सँग महिनावारी रकम उठाईरहेको भन्ने खबर प्राप्त हुनासाथ त्यहाँ बाट प्रहरी वरिष्ठ नायब निरिक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले गोबिन्द महतो कोईरीलाई नियन्त्रण लिई जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याई थप अनुसन्धान तथा कारवाही भईरहेको कुरा शुक्रबार पर्सा प्रहरी कार्यालय ले जनाएको छ ।