पर्सा मा लागु औषध सहित दुइ जना मानिस पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०५ बैशाख । ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौली तथा ईलाका प्रहरी कार्यालय, सेढवा बाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले बिहीबार साँझ करिब ०५:०० बजेको समयमा प्रतिवन्धित लागु औषध नाईट्राजेपाम ट्याब्लेट्स सहित दुई जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको संयुक्त प्रहरी टोलीले पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नं. ०३, नौका टोल स्थित हुलाकी सडक खण्डमा चेक जाँच गर्ने क्रममा सुवर्णपुर बाट वीरगञ्ज तर्फ आउदै गरेको ना. १२ प ३१०६ नम्बरको डिस्कभर मोटरसाइकलमा सवार दुई जना व्यक्तिहरूलाई रोकी कानूनी रित पुर्‍याइ खानतलासी गर्दा पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नं. ०५, हरैया टोल बस्ने बर्ष २० को दिलिप प्रसाद राय र सोही ठाउँ बस्ने बर्ष २० कै राजबिध्या प्रसाद खाँ थारुले चामलको बोरा भित्र लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध NITRAZEPAM ८ सय ८६ ट्याबलेट फेला परेको हुँदा उल्लेखित लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिइ निजहरु विरुद्ध लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालत बाट पाचँ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भैरहेको कुरा शुक्रबार जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास भट्ट ले बताएका छन् । पक्राउ विवरण :- १) अभियुक्त:- दिलिप प्रसाद राय उमेर:- २५ वर्ष ठेगाना:- जिल्ला पर्सा जिराभवानी गा.पा वडा नं. ५ हरैया पक्राउ मितिः- २०८२।०१।०४ गते । २) अभियुक्त:- राजबिध्या प्रसाद खाँ थारु उमेर:- २२ वर्ष ठेगाना:- जिल्ला पर्सा जिराभवानी गा.पा वडा नं. ५ हरैया पक्राउ मितिः- २०८२।०१।०४ गते ।बरामद लागु औषधः- लागु औषध NITRAZEPAM-८८६ ट्याबलेट

  • Bishnu Timalsina

    Related Posts

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०६ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा मातहतका वडा प्रहरी कार्यालय, बिर्ता द्वारा खटिएको संयुक्त प्रहरी टोलीले सोमबार राति करिब ०८:०० बजेको समयमा वीरगञ्ज…

    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०५ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बोक्सीको आरोप कसूरमा तीन जना महिलाहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ । गत २०८२ साल फागुन २७ गते…

    पहिलो

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    • May 19, 2026
    • 53 views
    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    • May 19, 2026
    • 47 views
    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • May 19, 2026
    • 28 views
    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    इरानमाथिको आक्रमण तत्कालका लागि रोकिएको ट्रम्पको घोषणा

    • May 19, 2026
    • 18 views
    इरानमाथिको आक्रमण तत्कालका लागि रोकिएको ट्रम्पको घोषणा

    आजको मौसम पूर्वानुमान

    • May 19, 2026
    • 25 views
    आजको मौसम पूर्वानुमान

    आजको राशिफल

    • May 19, 2026
    • 19 views
    आजको राशिफल