पर्सा मा श्रोत नखुलेको सात लाख नगद सहित साह पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २३ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब ०२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १०, आदर्शनगर स्थित रहेको ग्लोबल आई. एम. ई. बैंक नजिक सडक खण्ड बाट श्रोत नखुलेको लाखौं रुपैयाँ सहित एक जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका वडा नं. ०३, झौवा बस्ने वर्ष ४३ को अजय कुमार साहलाई शंका लागि चेक जाँच गर्दा निजले लगाएको सेतो ट्रयाक्सुटको दुबै साईडको खल्तीमा लुकाइ छिपाई राखिएको नेपाली रु. १ हजारको दरका नोट ७ सय थान गरी जम्मा रु. ७ लाख फेला पारी कानूनी रित पुर्‍याई खानतलासी बरामदी गरी निज अजय कुमार साहलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याइ निज विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोबार गर्न नहुने ) कसूरमा थप अनुसन्धान कार्य भईरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्साल ले बताएका छन् ।

साथै निजलाई २०८१ साल बैशाख ०७ गते जिल्ला प्रहरी कार्यालय, पर्सा बाट नै बैंक तथा वित्तिय संस्था सम्बन्धी कसूरमा मुद्दा चलाइएको हुँदा पटके ( हुण्डी कारोवारी ) देखिएको व्यहोरा समेत सूचना अधिकारी लम्साल ले जानकारी गराएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, ०६ असार । हालै काठमाडौंमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई हस्तान्तरण गरिएको छ । सम्मेलनका आयोजक…

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, ०३ असार । नेवा : पत्रकार राष्ट्रिय दबु र सार्क पत्रकार मञ्चले आयोजना गरेको तथा नेपाल आदिवासी पत्रकार महासंघ (FONIJ) सँगको सहकार्यमा ७ बुँदे प्रस्ताव…

    पहिलो

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 84 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 153 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 91 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 138 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 94 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-

    • June 10, 2025
    • 127 views
    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-