पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले सिन्धुलीको खुर्कोटमा प्रहरी हिरासतमा शंकास्पद रुपमा श्रीकृष्ण विकको मृत्यु राज्यको जिम्मेवारीमाथि उठेको गम्भीर प्रश्न भएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले एकातिर दलित समुदायसँग क्षमायाचना अर्कोतिर अन्तरजातीय विवाहको उजुरीकै आडमा हिरासतभित्रै दलित युवकको मृत्युले दोहोरो चरित्र देखाएको भन्दै उनले सरकारको कडा आलोचना गरेका छन् ।

उनले भनेका छन्- ‘सिन्धुलीको खुर्कोट प्रहरी हिरासतमा २२ वर्षीय कृष्ण विकको शंकास्पद मृत्यु राज्यको जिम्मेवारीमाथि उठेको गम्भीर प्रश्न हो । एकातिर दलित समुदायसँग क्षमायाचना, अर्कोतिर अन्तरजातीय विवाहको उजुरीकै आडमा हिरासतभित्रै दलित युवकको मृत्यु! दोहोरो चरित्र होइन। न्याय देऊ सरकार।’

सदनमा माफी माग्ने रवि लामिछानेहरूको स्टण्डबाजी आज लाजको पसारो बनेको भन्दै नेता बस्नेतले हिजो सन्तोष परियारजस्ता बौद्धिक व्यक्तिलाई रुवाउँदै पार्टी छोड्न बाध्य पारेको तर आज यस्ता घटनामा जिम्मेवारीबाट पन्छिन खोजिएको बताए ।

नेता बस्नेतले पिडितलाई वास्तविक न्याय चाहिने भन्दै नौटंकी बन्द गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्- ‘सदनमा माफी माग्ने रबि लामिछानेहरूको स्टण्डबाजी आज लाजको पसारो बनेका छन् । हिजो सन्तोष परियारजस्ता बौद्धिक व्यक्तिलाई रुवाउँदै पार्टी छोड्न बाध्य पारियो, तर आज यस्ता घटनामा जिम्मेवारीबाट पन्छिन खोजिँदैछ । यत्रो मन्त्रिपरिषद् गठन हुँदा समेत एक जना दलित मन्त्रीसमेत नबनाइनु यो पनि एउटा कटु यथार्थ हो। धामी पनि आफैँ, झाँक्री पनि आफैँ बन्ने होइन, गोहीको आँसु होइन। पीडितलाई वास्तविक न्याय चाहिन्छ। नौटंकी बन्द गर सरकार।’

  • Related Posts

    करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

    सर्वोच्च अदालतको आजको मुद्धाको पेशी करिब दुई घण्टा ढिलो गरि तोकिएको छ । संबैधानिक परिषदले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई विहिबार सिफारिस गरेपछि आज सर्वोच्चको पेसी ढिलो गरि तोकिएको हो ।…

    विश्वविद्यालयहरुको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

    काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयमा रिक्त उपकुलपतिको नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल…

    पहिलो

    कर्तव्य ज्यान सम्बन्धी कसुरमा संलग्न तीन जना किर्तिपुरबाट पक्राउ

    • May 8, 2026
    • 32 views

    करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

    • May 8, 2026
    • 30 views
    करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

    विश्वविद्यालयहरुको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

    • May 8, 2026
    • 28 views
    विश्वविद्यालयहरुको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

    ‘सुपर-अर्थ’ ग्रह बारे वैज्ञानिकहरुको महत्वपूर्ण अध्ययन

    • May 8, 2026
    • 29 views
    ‘सुपर-अर्थ’ ग्रह बारे वैज्ञानिकहरुको महत्वपूर्ण अध्ययन

    सुनचाँदीको मुल्य बढ्यो

    • May 8, 2026
    • 16 views
    सुनचाँदीको मुल्य बढ्यो

    मन्त्रिपरिषद्को बैठक आज बस्दै

    • May 8, 2026
    • 27 views