तहसनहस बनाएपछि बिहारमा बाढीको तहसनहस

काठमाडौँ । नेपालमा आएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकालगायत देशका अन्य भागमा धनजनको ठुलो क्षति भएको छ ।

नेपालका विभिन्न भागमा तहसनहस हुने गरी आएको बाढी अहिले भारतमा पुगेर ताण्डव मच्चाइरहेको छ । असोज १३–१४ गतेदेखि बिहारमा बाढीले ठुलो क्षति गरिरहेको छ ।

भारतीय सञ्चारमाध्यम अनुसार भारत, बिहारका १६ वटा जिल्लाका २६९ वटा ग्राम पञ्चायत बाढीबाट पूर्ण रूपमा प्रभावित छन् । नेपालको सीमासँग जोडिएको सात वटा तटबन्धलाई बाढीले भत्काएको छ । बाढीले गाउँका गाउँ नै बगाएको छ ।

‘नेपालमा पानी पर्ने भनेर पूर्वसूचना जारी हुँदासमेत यति ठुलो क्षति भयो,’ उनले भने, ‘बिहारमा पानी परेको पनि थिएन । सुक्खा समयमै नेपाल हुँदै खोलानदीमा आएको बाढीले त्यहाँ ठुलो क्षति भएको छ ।’

हालै बिहारको पूर्णिया जिल्लाबाट नेपाल फर्केका पत्रकार वैद्यनाथ यादवले नेपालको तुलनामा बाढीले भारतको बिहारमा ठुलो क्षति गरेको बताए । ‘नेपालमा पानी पर्ने भनेर पूर्वसूचना जारी हुँदासमेत यति ठुलो क्षति भयो,’ उनले भने, ‘बिहारमा पानी परेको पनि थिएन । सुक्खा समयमै नेपाल हुँदै खोलानदीमा आएको बाढीले त्यहाँ ठुलो क्षति भएको छ ।’

नेपालमा पानी परेपछि नेपाल हुँदै बगेर आउने नदीमा बाढी आउन सक्छ भनेर त्यहाँको सरकारले सतर्कता अपनाउन नसकेको उनको भनाइ छ । नेपालका बागमती, सप्तकोशी, लालबकैया, गण्डक, बुढीगण्डकी, कमला, बलान, महनन्दा, घांघरा, कन्काइ लगायतका नदीको पानी बिहार पस्ने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी सप्तकोशी र गण्डकको पानीले बिहारमा क्षति गर्दछ ।

नेपालको पानीबाट भारत विहारको पश्चिम चम्पारण, पूर्वी चम्पारण, सीतामढी, दरभंगा, सहरसा, मधेपुरा, सुपौल, मधुवनी, पूर्णिया, अररिया, किसानगञ्ज, गोपालगञ्ज, सारण, मुजफ्फरपुर, भागलपुर, कटिहार प्रभावित भएका छन् ।

भारत विहार पूर्णियाका लोकसभा सदस्य पप्पु यादवले बिहारमा बाढी आउनुमा भारत आफैँ दोषी रहेको टिप्पणी गरे । बिहारका सञ्चारमाध्यमसँग कुरा गर्दै सांसद यादवले भने, ‘भारत नेपालसँग किन डराएको हो भन्ने थाहा छैन । नेपालबाट आउने पानीलाई नेपालले रोक्न सक्दैन, भारतले रोक्नुपर्छ र त्यसको लागि भारत सरकारबाट कुनै पहल भइरहेको छैन ।’

अब सुरु हुने सदनमा आफूले यो कुरा जोडतोडले उठाउने बताउँदै उनले कोशीलाई नियन्त्रण गर्ने कुनै ठोस निर्णय नआएसम्म आफूले संसदमा कुरा उठाइरहने प्रस्ट पारे ।

‘भारतले हाइड्याम बनाउनुपर्छ,’ उनले भने, ‘भारतले यस्तो हाइड्याम बनाउनपर्छ, जसले दुवै देशलाई फाइदा होस् । त्यसबाट बिजुली निकालेर दुवै देशलाई वितरण गर्न सकिन्छ । ड्याम बनाउँदा नेपालतर्फ केही असर गर्न सक्छ तर त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे दुवै देश बसेर छलफल गर्न सकिन्छ ।’

नेपालको पानीबाट बिहार डुबानमा पर्नुमा त्यहाँका जनताले बिहार सरकारलाई दोष दिइरहेको पत्रकार यादवले बताए । बिहार सरकारले आफूहरूको व्यवस्थापन गर्न नसकेको गुनासो स्थानीयवासीको छ । बिहारका जनताले हरेक वर्ष बाढीको पीडा झेल्नुपर्छ, लाखौँ जनता पलायन हुन्छन्, घरबारविहीन हुन्छन् तर त्यसको नियन्त्रणमा खासै ध्यान नदिएको बिहारका जनताको गुनासो छ ।

बिहारका जल तथा बाढी विज्ञ दिनेश मिश्र भन्छन्, ‘विहारमा १९५६ पछि पहिलो पटक यति ठुलो बाढी आएको हो । नेपालमा तबाही मचाएपछि बिहारमा बाढी आयो । नेपालको पानीले गर्दा बिहारका जनताले हरेक वर्ष दुःख पाउँछन् । यसको समाधानका लागि दुवै देश संवेदनशील हुनुपर्छ ।’

सीमा क्षेत्रमा भारतले तटबन्ध बनाउँदा नेपाली भूभाग डुबानमा पर्ने भन्दै नेपाली पक्षले आपत्ति जनाउँदै आएको उनले बताए । तर तटबन्ध नहुँदा भारतका जनताले कति पीडा भोग्नु परिरहेको छ भन्नेबारे नेपालले कहिल्यै नसोचेको उनले गुनासो गरे ।

अहिले सीमा क्षेत्रका तीन वटा तटबन्ध भत्किएका कारण बिहारमा यति ठुलो क्षति भएको मिश्रको भनाइ छ । सप्तकोशीको पूर्वी तटबन्ध र पश्चिमी तटबन्ध टुटेको कारण नसोचेको पानी बिहार पसेको छ । पूर्वी तटबन्ध तीन र पश्चिमी तटबन्ध चार ठाउँमा भत्किएको छ ।

भारतीय सञ्चारमाध्यमको तथ्यांकलाई आधार मान्ने हो भने सप्तकोशी नदीबाट मात्र साढे ६ लाख क्युसेक पानी बिहार पसेको छ । गण्डकबाट साढे पाँच लाख क्युसेक पानी गएको छ । यो अहिलेसम्मको उच्च रेकर्ड हो । 

नेपाल–भारत सीमाञ्चलको जानकार पत्रकार चन्द्रकिशोर भन्छन्, ‘नेपालको कारणले बिहारमा बाढी आएको होइन, नेपालको नदीको बाटो भएर पानी गएको हो । त्यो स्वाभाविक हो । त्यसमा नेपाललाई दोष दिन मिल्दैन ।’ तर यसलाई समाधान गर्न दुवै देश गम्भीर हुनुपर्ने उनले बताए । तटबन्ध पनि समस्याको समाधान नरहेको उनले प्रस्ट पारे ।

‘भारतले नेपालको पानी रोक्न सीमावर्ती क्षेत्रमा तटबन्ध बनाएको छ । त्यो झन् जोखिमयुक्त रहेको अहिले आएर पुष्टि भएको छ,’ उनले भने, ‘अहिले बिहारमा सात वटा तटबन्ध भत्किएको छ । त्यसले झन् असर गरेको छ ।’

नदीलाई आफ्नो बाटोमा बग्न दिनुपर्ने चन्द्रकिशोरले बताए । ‘नदीलाई जबर्जस्ती रोक्नु हुँदैन, बाँध तथा तटबन्ध बनाउनु हुँदैन । त्यसले झन् समस्या उत्पन्न गर्छ,’ उनले भने, ‘नेपालले पानी छाडेको कारण बिहारमा बाढीले तबाही मच्चाएको भारतीय पक्षको आरोप छ । त्यो बिल्कुल गलत हो ।’

उनले कोशी, गण्डक लगायतका नदीको पानी खोल्ने कि नखोल्ने भन्नेबारे निर्णय भारतीय अधिकारीले नै गर्दै आएको अवस्थामा नेपाललाई दोष दिन नमिल्ने उनले बताए । ‘अस्ति कोशी ब्यारेजको सबै ढोका खोल्ने भारतीय अधिकारी हो । त्यहाँ नेपाली थिएन । ब्यारेज नखोलेको कारण पुलमाथिबाट पानी बग्न थालेको थियो । यदि नखोलेको भए अर्कै क्षति हुन्थ्यो,’ उनले भने ।

भारत वा नेपालमा बाढीको समाधान पानी रोकेर नहुने उनको भनाइ छ । ‘तटबन्धको विकासलाई अन्त्य गर्नुपर्छ र अर्को उपायमा जानुपर्छ,’ उनले भने, ‘त्यो उपाय भनेको पानीलाई उसको आफ्नो बाटोबाट बग्न दिनुपर्छ ।’ 

  • Related Posts

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका क्षेत्रमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्। रुबीभ्याली गाउँपालिका–१ सोमदाङबाट सेर्तुङ हुँदै बोराङतर्फ जाँदै गरेको साइकल आइतबार अनियन्त्रित भई वडा नम्बर ३…

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा नवलपरासीका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिका–२ निवासी कृष्णबहादुर…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 34 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 29 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 42 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 188 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 53 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 50 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ