दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १२ असोज । प्रहरी चौकी, प्रसौनी भाठ्ठाले बिहीबार बिहान करिब ०९:२० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका वडा नं. ०५, प्रसौनी भाठ्ठा गाँउ नजिक सडक खण्डमा प्रतिबन्धित लागु औषध गाँजा सहित दुई जना व्यक्तिलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रम्मा संकास्पदरूपमा साईकल चलाई गईरहेको अवस्थामा पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ०९, बिश्रामपुर बस्ने लोटन राउत कुर्मी र देवलाल साह कलवार लाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा उनीहरुले लुकाई छिपाई आफ्नो शरिरमा पहेलो रङको टेपले बेरी बाँधेको कालो रङको पोलोथिनको ४ वटा पोकामा १/१ किलोको दरले ४ किलो लागू औषध गाँजा फेला परेको हुँदा उल्लेखित व्यक्तिहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरीया, पर्सामा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धि कसूरमा मुद्दा दर्ता गरि पर्सा जिल्ला अदालत बाट सात दिनको म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान कार्य भैरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।