दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ३० भदौ । जिल्ला प्रहरी कार्यालय, पर्सा मातहत रहेको अस्थाई प्रहरी पोष्ट, मनवा ले बुधबार राति करिब ०७:३० बजेको समयमा पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. ०२, बागवाना स्थित सडक खण्ड बाट प्रतिवन्धित लागु औषध चरेश सहित तीन जना महिलाहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

पर्सा प्रहरी का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार यस कार्यालय मातहत रहेको अस्थाई प्रहरी पोष्ट, मनवा बाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जितपुरबाट मनवातर्फ जाँदै गरेको ना. २ ह ३१८६ नम्बरको सार्वजनिक अटोलाई रोकी चेक जाँच   गर्दा उक्त अटोमा सवार मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नं. ०८ बस्ने क्रमशः वर्ष ४२ की कल्पना मोक्तान को झोला भित्र बाट ०८ किलो ६ सय ९० ग्राम, वर्ष ३६ की कबिता माया बल को झोला भित्र बाट ०५ किलो १ सय १० ग्राम गरि जम्मा १३ किलो ८ सय ग्राम चरेश बरामद गरिएको तथा वर्ष २३ की रीता बिश्वकर्मा समेत तीनै जना महिलाहरूलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भैरहेको कुरा पनि सूचना अधिकारी गिरीले बिहीबार बताएका छन्  ।