दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २१ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा शनिबार दिउँसो करिब ०४:०० बजेको समयमा प्रतिवन्धित लागु औषध onerex सहित एक जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन वीरगञ्ज महानगरपालिका वडा नं. २५ स्थित सडक खण्डमा त्यहाँ बाट खटिएको प्रहरी टोलीले एक जना पुरुष व्यक्ति संकाष्पद रूपमा पैदल हिडिंरहेको अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नं. २३, प्रसौनी टोल बस्ने वर्ष १८ को राकेश दास तत्वालाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निजले कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखिएको लागु औषध Onerex-३७ बोत्तल फेला परेको हुँदा उल्लेखित लागु औषध सहित राकेश दास तत्वालाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले आईतबार बताएका छन् ।