प्रधानमन्त्री बालेनलाई मोदीले दिए भारत भ्रमणको निम्तो

 प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो दिएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री शाहले पदभार ग्रहण गरे लगत्तै मोदीले बधाई सन्देशमार्फत भारत भ्रमणको निम्तो दिएको बताएका हुन् ।

मोरिससमा मन्त्री खनालले भारतीय सञ्चारमाध्यम वीअनसँगको कुराकानीमा मोदीले दिएको भ्रमणको निमन्त्रणा प्रधानमन्त्री बालेन्द्रले स्वीकार गरिसकेको बताएका हुन् ।

यद्यपी प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण कहिले हुन्छ भन्ने स्पष्ट भएको छैन । आन्तरिक गृहकार्य भइरहेको परराष्ट्र स्रोतले बताए पनि भ्रमणको मिति अहिले नै भन्न नसकिने बताइएको छ ।

मन्त्री खनाल भारतको विदेश मन्त्रालय, मोरिसस सरकार र इन्डिया फाउन्डेसनद्वारा आयोजित नवौं हिन्द महासागर सम्मेलन (आईओसी) मा सहभागी हुन मौरिसस पुगेका थिए । उनले शनिबार सो सम्मेलनलाई सम्बोधन गरिसकेका छन् । सो क्रममा उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग समेत भेटवार्ता गरेका थिए ।

  • Related Posts

    सभामुख अर्यालसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार भेटका क्रममा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय…

    लुम्बिनी प्रदेशमा ८ मन्त्रालय बनाउने

    बुटवल । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । शुक्रवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि लागू हुने गरी हाल कायम १२ बाट…

    पहिलो

    जापानको मियागी क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    • May 15, 2026
    • 1 views

    आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक अनुदान ५६.६७ प्रतिशत प्राप्त

    • May 15, 2026
    • 26 views
    आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक अनुदान ५६.६७ प्रतिशत  प्राप्त

     ऊर्जा परियोजनामा निर्धारित समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

    • May 15, 2026
    • 26 views
     ऊर्जा परियोजनामा निर्धारित समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

    महालेखाको निष्कर्ष: वित्तीय अनुशासन र जवाफदेहिता नहुदा बेरुजु बढ्यो

    • May 15, 2026
    • 29 views
    महालेखाको निष्कर्ष: वित्तीय अनुशासन र जवाफदेहिता नहुदा बेरुजु बढ्यो

    अलग भइन् मौनी रोय

    • May 15, 2026
    • 27 views
    अलग भइन्  मौनी रोय

    बेरुजु करिब २२ अर्बले बढ्यो, जेनजी आन्दोलनले १ खर्ब ४७ अर्बको लेखा परिक्षण हुन सकेन

    • May 15, 2026
    • 28 views
    बेरुजु करिब २२ अर्बले बढ्यो, जेनजी आन्दोलनले १ खर्ब ४७ अर्बको लेखा परिक्षण हुन सकेन