
जङ्गी अड्डामा सञ्चालित पृतनापति समन्वयात्मक बैठक(२०८१ आज मिति २०८१ फाल्गुण ०९ गते सम्पन्न भएको छ ।
बैठकको समापनका अवसरमा सम्बोधन गर्नु हुँदै प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले सकलदर्जाको सामूहिक भावना तथा एकढिक्कापनमा जोड दिँदै नेपाली सेनाको व्यावसायिकता अभिवृद्धि गर्दै देश र जनताको सेनाप्रतिको अपेक्षा पुरा गर्न सकलदर्जाले जिम्मेवार भई काम गर्नुपर्ने कुरा बताउनु भयो । गौरवपूर्ण नेपाली इतिहासको अध्ययन, अध्यापन र जगेर्नामा टेवा पुग्ने कार्यक्रमहरू लागु गर्न समेत प्रधान सेनापतिले जोड दिनु भयो ।
बैठकमा वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, तालिमहरूको समीक्षा, बन्दोबस्ती पक्ष लगायत विविध विषयहरूमा छलफल गरिएको थियो ।
पृतनापति समन्वयात्मक बैठकको समापन कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीबृन्द लगायत अधिकृतहरूको उपस्थिति थियो