प्रश्न उठाएको व्यक्तिलाई मन्त्री बनाउने अनि विपक्षीलाई डाम्ने ? भन्दै एमालेलाई युवराज चौलागाईंको प्रश्न

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज चौलागाईंले सरकारले आफ्नालाई चोख्याएर विपक्षीलाई निशाना बनाएको आरोप लगाएका छन् ।

बागमती प्रदेशसभा सदस्यसमेत रहेका चौलागाईंले काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै रवि लामिछानेलाई पक्राउ गरेर काँग्रेस (एमालेका नेताहरूलाई चोख्याएको भन्दै असन्तुष्टि जनाए ।

उनले भने, ‘रवि लामिछानेलाई पक्राउ गर्‍यो भनेर हाम्रो टाउको दुःखाइ होइन, तर सरकारमा हुनेहरूले आफ्ना मान्छेलाई चोख्याएको छ । राज्यले प्रतिशोध राखेको छ । हिजो उहाँहरू नै रवि लामिछाने निर्दोष हुनुहुन्छ भनेर संसदमा कुर्लिनुहुन्थ्यो ।’ प्रदेश सांसद चौलागाईंले हिजो एमालेले प्रश्न उठाएका व्यक्तिहरू अहिले ओली क्याबिनेटमा शक्तिशाली मन्त्री रहेको बताए ।

उनले परराष्ट्रमन्त्री आरजु राणालाई लक्षित गर्दै भने, ‘आफ्नालाई जोगाएर विपक्षीलाई छानीछानी डाम्ने काम भएको छ, हिजो एमालेले प्रश्न उठाएको व्यक्ति अहिले क्याबिनेटमा शक्तिशाली मन्त्री हुनुहुन्छ । उहाँहरूको बारेमा पनि छानबिन हुनुपर्छ ।’ नेता चौलागाईंले सरकारको यस्तो प्रवृत्तिका विरुद्ध विपक्षीहरूको साझा मोर्चा बनाएर सडक, सदन सबैतिरबाट प्रतिरोध गर्ने बताए ।

  • Related Posts

    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन भएको छ। ९७ वर्षको उमेरमा बुधबार प्रधानको निधन भएकाले आज सर्वोच्चको इजलास नबस्ने भएको छ ।  सर्वोच्चले सुचनामा भनेको छ- ‘…

    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    काठमाडौं । कक्षा १२ को परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत उत्तरसहित सार्वजनिक गर्ने कार्यमा संलग्न थप दुई जना पक्राउ परेका छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षाको ‘म्यानेजमेन्ट ओन्ली’…

    पहिलो

    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    • May 21, 2026
    • 18 views
    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    • May 20, 2026
    • 36 views

    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    • May 20, 2026
    • 44 views
    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    मोटर साईकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ-

    • May 20, 2026
    • 35 views
    मोटर साईकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल द्वारा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न-

    • May 20, 2026
    • 52 views
    सशस्त्र प्रहरी बल द्वारा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न-

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    • May 19, 2026
    • 83 views
    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-