प्रश्न उठाएको व्यक्तिलाई मन्त्री बनाउने अनि विपक्षीलाई डाम्ने ? भन्दै एमालेलाई युवराज चौलागाईंको प्रश्न

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज चौलागाईंले सरकारले आफ्नालाई चोख्याएर विपक्षीलाई निशाना बनाएको आरोप लगाएका छन् ।

बागमती प्रदेशसभा सदस्यसमेत रहेका चौलागाईंले काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै रवि लामिछानेलाई पक्राउ गरेर काँग्रेस (एमालेका नेताहरूलाई चोख्याएको भन्दै असन्तुष्टि जनाए ।

उनले भने, ‘रवि लामिछानेलाई पक्राउ गर्‍यो भनेर हाम्रो टाउको दुःखाइ होइन, तर सरकारमा हुनेहरूले आफ्ना मान्छेलाई चोख्याएको छ । राज्यले प्रतिशोध राखेको छ । हिजो उहाँहरू नै रवि लामिछाने निर्दोष हुनुहुन्छ भनेर संसदमा कुर्लिनुहुन्थ्यो ।’ प्रदेश सांसद चौलागाईंले हिजो एमालेले प्रश्न उठाएका व्यक्तिहरू अहिले ओली क्याबिनेटमा शक्तिशाली मन्त्री रहेको बताए ।

उनले परराष्ट्रमन्त्री आरजु राणालाई लक्षित गर्दै भने, ‘आफ्नालाई जोगाएर विपक्षीलाई छानीछानी डाम्ने काम भएको छ, हिजो एमालेले प्रश्न उठाएको व्यक्ति अहिले क्याबिनेटमा शक्तिशाली मन्त्री हुनुहुन्छ । उहाँहरूको बारेमा पनि छानबिन हुनुपर्छ ।’ नेता चौलागाईंले सरकारको यस्तो प्रवृत्तिका विरुद्ध विपक्षीहरूको साझा मोर्चा बनाएर सडक, सदन सबैतिरबाट प्रतिरोध गर्ने बताए ।

  • Related Posts

    हरिवन र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता

    सर्लाही । सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता भएको छ । आइतबार हरिवन नगरपालिका र हरिहरपुरगढी गाउँपालिका जोड्ने विभिन्न चार वटा सडक स्तरोन्नति गर्ने सम्झौता…

    पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रत कथा आजदेखि सुरु

    काठमाडौँ । वैदिक सनातन परम्परा अनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्र मास अनुसार माघ महिनालाई विशेष रूपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा…

    पहिलो

    नेपाल प्रहरी प्रदेश कार्यालय द्वारा अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत निरीक्षण एवम् निर्देशन कार्यक्रम सम्पन्न-

    • January 16, 2025
    • 53 views
    नेपाल प्रहरी प्रदेश कार्यालय द्वारा अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत निरीक्षण एवम् निर्देशन कार्यक्रम सम्पन्न-

    श्री मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न-

    • January 16, 2025
    • 77 views
    श्री मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न-

    बिरगंज महानगरपालिका वडा नं. ०९ द्वारा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई कम्बल र इलेक्ट्रिक जग वितरण-

    • January 15, 2025
    • 39 views
    बिरगंज महानगरपालिका वडा नं. ०९ द्वारा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई कम्बल र इलेक्ट्रिक जग वितरण-

    पोखरीया नगरपालिका द्वारा १० औं राष्ट्रिय योग दिवस २०८१ मनाइयो-

    • January 14, 2025
    • 61 views
    पोखरीया नगरपालिका द्वारा १० औं राष्ट्रिय योग दिवस २०८१ मनाइयो-

    हरिवन र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता

    • January 13, 2025
    • 19 views
    हरिवन र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता

    पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रत कथा आजदेखि सुरु

    • January 13, 2025
    • 15 views
    पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रत कथा आजदेखि सुरु