दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, १५ श्रावण । सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म, वीरगंज पर्साले विशेष सूचनाको आधारमा सोमबार लाखौं भारतीय रुपैयाँ सहित एक जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी निरीक्षक प्रेम सिंह बिष्टको कमाण्डमा खटिएको सात जनाको गाडी मोबाईल टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको ना. ४९ प ३०३७ नम्बरको कालो रङ्गको सुपर स्पेलेण्डर मोटरसाइकल लाई शंका लागी रोकी चेकजाच गर्दा मोटरसाइकल मा सवार बीरगंज महानगरपालिका वडा नं. १०, आदर्शनगर बस्ने बर्ष ५८ को बिष्णु कुमार साहको खल्तीबाट हुन्डीको भारतीय रु. २ लाख ५० हजार १ सय सहित मोटरसाईकल र निज व्याक्तिलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यलय पथलैया, बारामा बुझाईएको कुरा सुरक्षा गुल्मले जनाएको छ ।

त्यस्तै आईतबार रु. २ लाख ५० हजार मुल्य बराबको अवैध सामान भारतबाट भन्सार छलि अवैध रुपमा नेपाल भित्र्याईएको लत्ताकपडा नियन्त्रणमा लिईएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १६, भन्सार स्थित चेकप्वाईन्ट तथा विभिन्न ईलाकाबाट विभिन्न लत्ताकपडाहरु, खाधन्न, स्पिकर बोर्ड लगायततका समानहरु रहेका छन । नियन्त्रित सामानहरु आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको कुरा पनि सुरक्षा गुल्म ले जनाएको छ ।