दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०६ बैशाख । प्रहरी चौकी, ईनर्वाले बुधबार विहान करिब ०७:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, शंकराचार्य गेट स्थित सडक खण्डमा नियमित चेकिङ टोलीले काठमाण्डौं बाट भारतको दिल्ली सम्म जाने सार्वजनिक बसलाई रोकी चेक जाँच गर्दा विना भन्सार प्रज्ञापन पत्रको चोरी निकासी गरी ल्याइएको बिभिन्न किसिमका चाईनिज खाद्यान्न मालबस्तुहरू वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई बरामद गरिएका रू. २ लाख ८१ हजार २ सय ५० बराबरका खाद्यान्न मालबस्तुहरू आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कुरा प्रहरी बरिष्ठ नायब निरीक्षक बिनोद काफ्ले ले बताएका छन् ।