दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १७ कार्तिक । प्रहरी चौकी परवानीपुर पर्साले बिहीबार बिहान करिब ११:४५ बजेको समयमा प्रतिबन्धित लागुऔषध ONEREX सहित एक जना मानिस लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त प्रहरी चौकी का प्रमुख प्रहरी बरिष्ठ नायब निरीक्षक दीपेन्द्र बहादुर मल्ल का अनुसार यहाँ बाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा बीरगंज महानगरपालिका वडा नं. २१ परवानीपुर स्थित गुप्ता कोईला डिप्पो अगाडी सडकमा पुग्दा शंकास्पद अवस्थामा फेला परेका धादिङ जिल्लाको गजुरी गाउँपाकिका वडा नं. ०८ बस्ने बर्ष २९ को श्याम बहादुर तामाङ नाम थर वतन बताउने पुरुष ब्यक्तीलाई रोकी निजको शरिर तथा निजले बोकेको झोला खानतलासी गर्दा निजको झोलाबाट प्रतिबन्धीत लागु औषध ONEREX लेखिएको १ सय ११ बोतल फेला परेको हुदा निजलाई पक्राउ गरी आश्यक् कारवाहीको लागी तालुक जिल्ला प्रहरी कार्यालय,पर्सामा पठाएको कुरा पनि मल्लले बताएका छन् ।