काठमाडौँ, १७ असोज । प्रेस काउन्सिल नेपालले पत्रकारिता तालिमका लागि आवेदन माग गरेको छ । बागमती प्रदेशअन्तर्गत पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका आउँदो असोज २२ देखि २४ सम्म काठमाडौँमा पत्रकारितामा प्रविधिको प्रयोगबारे तालिम सञ्चालन गर्न लागेको काउन्सिलको सूचनामा उल्लेख गरिएको छ ।

तालिममा सहभागि हुन चाहने पत्रकार महिलाहरूले सूचनामा उल्लिखित सर्तहरूको अधिनमा रही आउँदो असोज १९ गतेसम्म काउन्सिलको इमेलमार्फत presscouncil2027@gmail.com आवेदन दिन आव्हान गरेको छ ।