दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १७ फागुन । वडा प्रहरी कार्यालय, श्रीपुर ले अपहरण तथा शरीर बन्धक/जबरजस्ती चोरी मुद्दामा पर्सा जिल्ला अदालत बाट सजाय फैसला भई एकजना फरार प्रतिवादीलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

मिति : २०७६ साल असार १० गते भएको सजाय निर्धारण तथा उच्च अदालत जनकपुर अस्थायी इजलास, बीरंजको मिति : २०७७ साल असार १९ गतेको फैसलाले मुलुकी ऐन चोरी महलको २४ नम्बर बमोजिम बीरगंज महानगरपालिका वडा नं. ११ बस्ने भिखारी महतोको छोरा वर्ष ४० को नागेन्द्र प्रसाद महतो लाई रु. १७ लाख ८३ हजार २ सय ४३ पैसा ५० जरिवाना भएकोमा फैसला कार्यान्वयनको मिति : २०७९ साल फागुन १५ गते निज नागेन्द्र प्रसाद महतो पक्राउमा परी आएकोमा निजलाई पर्सा जिल्ला अदालतमा उपस्थिति गराउँदा निजले उल्लेखित जरिवाना तिर्न नसकेकोले पर्सा जिल्ला अदालतको आदेशले १० वर्ष कैदमा राखी जरिवाना असुल उपर गराउनको लागि मंगलबार कारागार कार्यालय, पर्सा मा गएको कुरा बुधबार वडा प्रहरी कार्यालय, श्रीपुर ले जनाको छ ।