दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २० फागुन । दोश्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीता फागुन २७ गते देखि संचालन हुने भएको छ । परवानीपुर युथ क्लबको आयोजनमा दोश्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीता संचालन हुने भएको हो ।

शनिबार खेल मैदानमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक क्लबले त्रिभुवण लोकमार्गमा संगै जोडिएको वीरगन्ज महानगरपालिका वडा नं. २१, परवानीपुरको खेल मैदानमा फागुन २७ गते अपरान्ह ०३:०० बजे देखि खेल प्रतियोगीता सुरु हुने आयोजक क्लबका अध्यक्ष अलि अख्तर आलमले जानकारी दिएका छन् ।

उनका अनुसार विगत लामो समयपछि रोकिएको फुटबल प्रतियोगीता गतबर्ष देखि परवानीपुरमासुरु गरीएकाले यस पटकका लागी निशुल्क रुपमा दर्शकका लागी खेल हेर्न सकिने व्यवस्था गरीएको छ ।

फुटबल प्रतियोगीतामा १० लाखको लगानी हुन लागेकाले विभिन्न ठाँउबाट सहयोग वापत रकम व्यवस्था गरीएको अध्यक्ष आलमले बताए ।

दोश्रो फुटबल प्रतियोगीताको मुख्य प्रायोजकको रुपमा कृष्णा फाउन्डेशन, बैंगलोर रहेको छ, भने अन्य एक दर्जन भन्दा बढि विभिन्न सह प्रायोजकहरु रहेको उनले बताए । यस्तै वीरगन्ज महानगरपालिका र परवानीपुर गाँउपालिकाले खेल प्रतियोगीतामा बिशेष सहयोग गरेका छन ।

त्यस्तै एक साता सम्म चल्ने फुटबल प्रतियोगीतामा ८ वटा फुटबल टिमले भाग लिने आयोजकले जनाएको छ । मधेश प्रदेशका विभिन्न जिल्लाका ६ वटा र बागमति प्रदेशका दुई वटा गरी ८ वटा टिमले भागले लिने भएका छन् ।

प्रतियोगीतामा आयोजक परवानीपुर युथ क्लब, नव जनजागृति युवा क्लब सिमरा, वीरगन्ज युनाईटेड क्लब ववीरगन्, जनकपुर स्पोर्ट क्लब धनुषा, बेल्खाडी युवा क्लब महोतरी, हेटौडा फुटबल एकेडमी हेटौडा, बिएफसी क्लब भरतपुर नारायणगढ सहितका टिम सहभागी हुने अध्यक्ष आलमले बताए ।

प्रतियोगीतामा विजेता हुने टिमले एक लाख ५० हजार नगद,शिल्ड र प्रमाणपत्र पाउने छन भने उपविजेताले नगद ७५ हजार सहित शिल्ड र प्रमाणपत्र पाउने छन ।

प्रत्येक दिन खेलमा म्यान अफ दी म्याच हुने खेलाडीले नगद ५ हजार, मेडल र प्रमाणपत्र पाउने छन । भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्ट्राईकर, मिडफिल्डर र कोचलाई जनहि ५/५ हजार प्रदान गरीने आयोजकले जनाएको छ । यस्तै प्रतियोगीता भरीमा उत्कृष्ट ( म्यान अफ द सिरिज ) हुने खेलाडीले १० हजार पाउने छन ।

पत्रकार सम्मेलनमा आयोजक क्लबका बरिष्ठ उपाध्यक्ष अनिल राम, उपाध्यक्ष रवि राम, महासचिव दिपक यादव, सचिव धुप मन्डल, कोषाध्यक्ष सुरेश यादव ,सदस्यहरु सफिक आलम, रेहान आलम (काले), सुनिल मंडल, ईमरान आलम लगायतको सहभागीता रहेको थियो ।