दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १४ फागुन । वीरगन्ज महानगरपालिकाले बजार अनुमगनलाई अझ तिब्रता दिने भएको छ । आइतबार महानगरको बजार व्यवस्थापन तथा अनुगमन समितिको बसेको बैठकले बजार अनुगमनलाई निरन्तरता दिदै चाडर्वहरु (होली) नजिकिदै गर्दा अझ तिब्रता दिदै प्रभावकारी बनाउने निर्णय गरेको हो ।

बजार व्यवस्थापन तथा अनुगमन समितिको संयोजक तथा बिरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम  को संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा अहिले भैरहेको बजार अनुगमनलाई तिब्रता दिदै खाद्यान्न पसलहरुमा म्याद गुज्रिएका सामान भेटिएमा सम्बन्धित पसलेलाई कारबाहीको दायरामा ल्याउने  निर्णय गरिएको छ ।

त्यस्तै बैठकमा बिरगंज का होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्त, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदुर सिवाकोटी, वीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्य कन्हैया ठाकुर, शाखा प्रमुख विपिन लाल कर्ण, नगरपालिका कर्मचारी नेहा मिश्राका साथै सरोकारवाला संघसंस्था र सम्बन्धित निकायका प्रतिनिधीहरुको पनि सहभागिता रहेको कुरा बिरगंज  महानगरपालिकाका उप-प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले जानकारी गराउनु भयो ।