फिल्म ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक

नयाँ वर्षको छेको पारेर चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच निर्माण पक्षले एक्सनप्रधान ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा अभिनेता विराज भट्ट हाबी देखिएका छन् ।  आफ्नालाई गुमाएपछि नायक पात्रले लिने बदलामा फिल्म आधारित रहेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

कोरियोग्राफरको रूपमा परिचित माइकल चन्दको निर्देशनमा बनेको यस फिल्ममा विराजसहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, स्व. सुनिल थापा, प्रशान्त ताम्राकार लगायतका कलाकारहरूको अभिनय रहेको छ । टिजरमा दिवंगत अभिनेता सुनिल थापालाई ट्रिबियूट दिइएको छ । 

विराज र सुशील श्रेष्ठबीचको टकरावको दृश्यले ट्रेलरलाई अझ प्रभावशाली बनाएको छ । फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ भने किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता तथा मोती कार्की क्रियटिभ निर्मातामा छन् ।

निर्देशक चन्द स्वयंको लेखन रहेको फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन, सियोन श्रेष्ठको कोरियोग्राफी, बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत तथा काला चरणको पाश्र्व संगीत छ । यो फिल्ममा समावेश ‘धागोले बाटेको’ बोलको गीतले लोकप्रिय बनेको छ ।

  • Related Posts

    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

     पछिल्लो समय चलचित्र ‘बोक्सीको घर’ मार्फत बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो नयाँ चलचित्र ‘स्टेशन’को निर्माण कार्य औपचारिक रुपमा सुरु गरेकी छिन् । सोमबार…

    बक्स अफिसमा राम नाम सत्य र पहाडको कस्तो छ कमाई ?

     गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।  चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बैशाख ५ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार राम नाम सत्यले बक्स अफिसमा राम्रो कमाई…

    पहिलो

    वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले आज भानुआटुसँग भिड्दै

    • April 30, 2026
    • 11 views
    वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले आज भानुआटुसँग भिड्दै

    रोनाल्डो र कोम्यानको गोलमा अल नासर विजयी

    • April 30, 2026
    • 2 views
    रोनाल्डो र कोम्यानको गोलमा अल नासर विजयी

    कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी गर्ने नयाँ प्रणालीको सुरुवात

    • April 30, 2026
    • 2 views
    कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी गर्ने नयाँ प्रणालीको सुरुवात

    आज नरसिंह जयन्ती मनाइदै

    • April 30, 2026
    • 14 views
    आज नरसिंह जयन्ती मनाइदै

    आइपिएलमा मुम्बईमाथि सनराइजर्स ६ विकेटले विजयी

    • April 30, 2026
    • 13 views
    आइपिएलमा मुम्बईमाथि सनराइजर्स ६ विकेटले विजयी

    अस्पतालमा पूर्व-स्वीकृति विना भिडियो खिच्न प्रतिबन्ध

    • April 30, 2026
    • 17 views
    अस्पतालमा पूर्व-स्वीकृति विना भिडियो खिच्न प्रतिबन्ध