बझाङमा सडक निर्माणमा भ्रष्टाचार, पाँच जनाविरुद्ध मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङस्थित सडक निर्माणमा अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

बित्थडचिर गाउँपालिका–९ अन्तर्गत बागथला–धारी डोबा सडक निर्माणमा काम नगरी भुक्तानी दिएको उजुरीका आधारमा गरिएको अनुसन्धानपछि मुद्दा दायर गरिएको हो ।

अनुसन्धानका क्रममा बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, इन्जिनियर सन्देश भण्डारी, सबइन्जिनियर किरण भण्डारी, लेखापाल रामचन्द्र धामी तथा निर्माण व्यवसायी मानबहादुर बोहराबीच मिलेमतो भएको पाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार योजनाअनुसार निर्माण कार्य पूरा नभए पनि सम्पन्न भएको देखाएर झुट्टा बिल र प्रतिवेदन तयार गरी भुक्तानी लिइएको थियो। नापी किताबमा ३३८ मिटर सिँचाइ नहर उल्लेख गरिए पनि स्थलमा २४८ मिटर मात्र निर्माण भएको र केही संरचनाको काम नै नभएको भेटिएको छ ।

यसरी वास्तविकभन्दा कम काम गरी सरकारी रकम करिब ८ लाख ४८ हजार रुपैयाँभन्दा बढी हिनामिना गरिएको आयोगको निष्कर्ष छ ।

उक्त कार्यले सरकारलाई हानि पुर्‍याउने र सम्बन्धित व्यक्तिलाई गैरकानुनी लाभ दिलाउने उद्देश्यले भ्रष्टाचार भएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

  • Related Posts

    अस्पतालमा पूर्व-स्वीकृति विना भिडियो खिच्न प्रतिबन्ध

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पूर्व-स्वीकृति विना (नियमविपरीत) भिडियो वा फोटो खिच्ने, अन्तर्वार्ताको नाममा भिडभाड गर्ने र उपचारमा खटिएका स्वास्थ्यकर्मीको काममा अवरोध पुर्‍याउने कार्यमा पूर्ण…

    सरकारले राष्ट्रपतिलाई कुन कुन अध्यादेश गरेको छ सिफारिश ?

    काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापी…

    पहिलो

    अस्पतालमा पूर्व-स्वीकृति विना भिडियो खिच्न प्रतिबन्ध

    • April 30, 2026
    • 12 views
    अस्पतालमा पूर्व-स्वीकृति विना भिडियो खिच्न प्रतिबन्ध

    सरकारले राष्ट्रपतिलाई कुन कुन अध्यादेश गरेको छ सिफारिश ?

    • April 30, 2026
    • 9 views
    सरकारले राष्ट्रपतिलाई कुन कुन अध्यादेश गरेको छ सिफारिश ?

    आजको मौसम पूर्वानुमान ?

    • April 30, 2026
    • 12 views
    आजको मौसम पूर्वानुमान ?

    २०८३ बैशाख १७ गते विहिबार: आजको राशिफल

    • April 30, 2026
    • 11 views
    २०८३ बैशाख १७ गते विहिबार: आजको राशिफल
    प्रमुख २० समाचार

    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    • April 29, 2026
    • 20 views
    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने