बाढी-पहिरोले सहरी विकास आयोजनामा झन्डै ३ अर्बको क्षति

काठमाडौँ । असोज दोस्रो साता आएको वर्षा र बाढी-पहिरोका कारण सहरी विकास अन्तर्गत आयोजनामा झन्डै ३ अर्ब रुपैयाँ बराबर क्षति भएको छ ।

सहरी विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । सहरी विकास आयोजनामा २ अर्ब ८८ करोड ३४ लाखको क्षति पुगेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता बिनु बज्राचार्य कुँवरले जानकारी दिइन् ।

उनका अनुसार दुई वटा स्वास्थ्य चौकी भवनमा क्षति पुगेको छ । मन्त्रालयले व्यवस्थापन गर्ने ३५ सडकमा क्षति पुगेको देखिएको छ । जसमा बाटो स्तरोन्नति गर्नुपर्ने देखिएको छ । कतै सडक स्तरोन्नति गर्नुपर्ने छ ।

कुनै स्थानमा स्मार्ट सडक बत्तीमा समेत क्षति भएको छ । सडकमा ११ करोड ५७ लाख रुपैयाँ बराबर क्षति भएको छ ।

स्थानीय पूर्वाधार विकासतर्फ ३२ झोलुङ्गे पुलमा पूर्णरूपमा क्षति पुगेको छ । २८ पुलमा भने आंशिक क्षति पुगेको छ । झोलुङ्गे पुलमा सर्वाधिक १ अर्ब ७७ करोड ४ लाख बराबर क्षति भएको छ ।

बागमती, मनोहरा, धोबीखोला, विष्णुमती, बल्खु, नख्खु, हनुमन्ते, कर्मनासा लगायत बाढीले माटो थप्ने र ग्रेगान निकाली क्षति गरेको छ । साथमा तटबन्ध, पर्खाल र बाटोमा समेत क्षति पुगेको छ । यसको पुनर्निर्माणमा ८२ करोड ८१ लाख बराबर क्षति पुगेको अनुमान मन्त्रालयले गरेको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गत चाँगुनारायण, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकामा पर्खाल भत्किएको छ । सूर्यविनायक नगरपालिकामा सडक भासिएको छ । रोजबड स्कुल नजिकैको आरसीसी पुल बगेको छ ।

धोबीखोला करिडोर अन्तर्गत खोला छेउका रिटेनिङ वाल, करिडोरको बाटो र अन्य पूर्वाधारमा २४ किलोमिटरसम्म क्षति पुगेको र यी सबैको पुन निर्माणमा ११ करोड ४६ लाख रुपैयाँ लाग्ने अनुमान मन्त्रालयको छ ।

  • Related Posts

    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    काठमाडौं । कक्षा १२ को परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत उत्तरसहित सार्वजनिक गर्ने कार्यमा संलग्न थप दुई जना पक्राउ परेका छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षाको ‘म्यानेजमेन्ट ओन्ली’…

    आजको मौसम पूर्वानुमान

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली…

    पहिलो

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    • May 19, 2026
    • 51 views
    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    • May 19, 2026
    • 46 views
    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • May 19, 2026
    • 27 views
    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    इरानमाथिको आक्रमण तत्कालका लागि रोकिएको ट्रम्पको घोषणा

    • May 19, 2026
    • 18 views
    इरानमाथिको आक्रमण तत्कालका लागि रोकिएको ट्रम्पको घोषणा

    आजको मौसम पूर्वानुमान

    • May 19, 2026
    • 25 views
    आजको मौसम पूर्वानुमान

    आजको राशिफल

    • May 19, 2026
    • 18 views
    आजको राशिफल