बाढी-पहिरोले सहरी विकास आयोजनामा झन्डै ३ अर्बको क्षति

काठमाडौँ । असोज दोस्रो साता आएको वर्षा र बाढी-पहिरोका कारण सहरी विकास अन्तर्गत आयोजनामा झन्डै ३ अर्ब रुपैयाँ बराबर क्षति भएको छ ।

सहरी विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । सहरी विकास आयोजनामा २ अर्ब ८८ करोड ३४ लाखको क्षति पुगेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता बिनु बज्राचार्य कुँवरले जानकारी दिइन् ।

उनका अनुसार दुई वटा स्वास्थ्य चौकी भवनमा क्षति पुगेको छ । मन्त्रालयले व्यवस्थापन गर्ने ३५ सडकमा क्षति पुगेको देखिएको छ । जसमा बाटो स्तरोन्नति गर्नुपर्ने देखिएको छ । कतै सडक स्तरोन्नति गर्नुपर्ने छ ।

कुनै स्थानमा स्मार्ट सडक बत्तीमा समेत क्षति भएको छ । सडकमा ११ करोड ५७ लाख रुपैयाँ बराबर क्षति भएको छ ।

स्थानीय पूर्वाधार विकासतर्फ ३२ झोलुङ्गे पुलमा पूर्णरूपमा क्षति पुगेको छ । २८ पुलमा भने आंशिक क्षति पुगेको छ । झोलुङ्गे पुलमा सर्वाधिक १ अर्ब ७७ करोड ४ लाख बराबर क्षति भएको छ ।

बागमती, मनोहरा, धोबीखोला, विष्णुमती, बल्खु, नख्खु, हनुमन्ते, कर्मनासा लगायत बाढीले माटो थप्ने र ग्रेगान निकाली क्षति गरेको छ । साथमा तटबन्ध, पर्खाल र बाटोमा समेत क्षति पुगेको छ । यसको पुनर्निर्माणमा ८२ करोड ८१ लाख बराबर क्षति पुगेको अनुमान मन्त्रालयले गरेको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गत चाँगुनारायण, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकामा पर्खाल भत्किएको छ । सूर्यविनायक नगरपालिकामा सडक भासिएको छ । रोजबड स्कुल नजिकैको आरसीसी पुल बगेको छ ।

धोबीखोला करिडोर अन्तर्गत खोला छेउका रिटेनिङ वाल, करिडोरको बाटो र अन्य पूर्वाधारमा २४ किलोमिटरसम्म क्षति पुगेको र यी सबैको पुन निर्माणमा ११ करोड ४६ लाख रुपैयाँ लाग्ने अनुमान मन्त्रालयको छ ।

  • Related Posts

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    मुना न्यौपाने काठमाडौँ, फागुन २ गते । नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन जारी छ । बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ । नेतृत्वका लागि हालका…

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    मुनामदन सिलवालकाठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ७ मैजुबहालमा अवस्थित कुमारी मन्दिर अवस्थित छ । प्रत्येक वर्षझै यस पर्व पनि स्थानीयबासीहरुको सक्रियतामा पूजाअर्चना भव्यताका साथ सम्पन्न भएको छ । यसैसात…

    पहिलो

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    • February 14, 2025
    • 40 views
    मानव बेचबिखन कार्यमा सलंग्न एक जना  भारतिय सहित दुई जना पक्राउ-

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    • February 14, 2025
    • 4 views

    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    • February 14, 2025
    • 20 views
    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    • February 13, 2025
    • 46 views
    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    गण्डकी कोटिहोम ज्ञान महायज्ञका लागि कुनै बाधा, अवरोध नगर्नु उच्च अदालतद्वारा आदेश जारी

    • February 13, 2025
    • 32 views

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    • February 13, 2025
    • 29 views