दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १९ असोज । शनिबार देखि देशको विभिन्न भागमा भारी वर्षा को उच्च जोखिमको सूचना जारी गरे संगै पर्सा जिल्लामा पनि लगभग २ सय ६६ मिलि पानी परेको कारण धेरै जसो भागहरूमा बाढीले आफ्नो रौद्र रुप देखाई सकेको अवस्था छ ।
यसै क्रममा आईतबार राति ०६:०० बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. ११, श्रीपुर स्थित दिनेश चौरसियाको घरमा डेरा गरी बसेको पर्सा जिल्लाको सखुवा प्रसौनि गाउँपालिका वडा नं. ०३ स्थायी ठेगाना भएका मनोहर चौधरीको गर्भवति रहेकी श्रीमति बर्ष ३१ की रिचा चौधरीलाई सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण मुख्यालय, पर्सा बाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लको कमाण्डमा खटिएको ११ जनाको उद्धार टोलीले उद्धार गरी बीरगंज हेल्थ केयर अस्पतालमा सुरक्षित साथ पुर्याएको छ ।
साथै पर्सा जिल्लाको विभिन्न स्थानमा रहेको सशस्त्र प्रहरी बल नेपाल का टोलीहरुले बाढीको चपेटामा रहेको स्थानहरुमा गई राहत तथा उद्धार गरि रहेको कुरा गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन दन्द भट्टले बताएका छन् ।









