दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २० कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टीका का नेता पर्सा निर्वाचन क्षेत्र नं. ०२ (ख) बाट प्रदेश सभा सदस्य पदको उम्मेदवार रमेश प्रसाद कुर्मी र नेपाली कांग्रेस का नेता पर्सा निर्वाचन क्षेत्र नं. ०२ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार अजय कुमार चौरसिया को संयुक्त घरदैलो कार्यक्रम आज बीरगंज महानगरपालिका वडा नं. २६ को सुगौली बिर्ता मा सम्पन्न भएको छ ।

घरदैलो कार्यक्रममा दुवै जना उम्मेदवारहरु प्रति स्थानीय बासीहरुको लोकप्रियता झन झन बढ्दै गईरहेको छ ।

यसै क्रममा नेकपा एमाले का स्थानीय चुनावमा वडा नं. २६ को अध्यक्ष पदको उम्मेदवार खुर्रम आलम ले आफ्नो पार्टी परित्याग गरी गरि पुनः नेपाली कांग्रेस मा प्रवेश गरि बाम गठबन्धनको उम्मेदवार द्वय लाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । वहाँ नेकपा एमालेका उम्मेदवार हुनु भन्दा पहिले पनि नेपाली कांग्रेस बाट टिकट नपाएपछि उनी नेका परित्याग गरी नेकपा एमाले प्रवेश गरेको कुरा स्थानीय बासीहरुले कालो झोला लाई बताएका छन् ।