दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २० भदौ । तालुक मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर तथा जिल्ला प्रहरी कार्यालय, पर्सा का संयुक्त टोलीले आईतबार राति करिब ०८:०० बजे विना विल विजकको विभिन्न खाद्यान्न आफ्नो नियन्त्रणमा लिएको छ ।

पर्सा प्रहरी का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार विशेष सूचनाको आधारमा चिनी, प्याज र आलु बोकेको पिकअप गाडी वीरगञ्ज बाट चितवन तर्फ जाँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नं. ०७ रामटोल स्थित सडक खण्डमा लु. अ. अ. मा २६४९ नम्बरको मालवाहक पिकअपलाई रोकी चेकजाँच गर्ने क्रममा सूचना अनुरुप नै बिना विल विजकका चिनी, आलु र प्याज समेत लोड गरेको अवैध सामानहरू सहित फेला परेको हुँदा उक्त पिकअप नियन्त्रणमा लिई रू. १४ लाख ६० हजार ५० मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा सूचना अधिकारी गिरीले बताएका छन् ।