दीपेन्द्र प्रजापति कालो झोला ।

बीरगंज, २६ माघ । प्रहरी चौकी, परवानीपुर ले बिहीबार राती करिव ०८:२० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २१, हनुमान चोक स्थित सडक खण्ड बाट खैरो हिरोइन सहित एक जना महिला लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति त्यहाँ बाट खटिएको टोलीले वीरगञ्ज बाट काठमाण्डौ तर्फ जादै गरेको ना. ६ ख ८९६८ नम्बरको सार्बजनिक बसलाई रोकी चेक जाँच गर्दा उक्त बसमा सवार बिरगंज महानगरपालिका वडा नं. २१, परवानीपुर बस्ने बर्ष ३० की फुलसन खातुनको साथमा रहेको कालो हेण्ड ब्याग भित्र लुकाई छिपाई राखेको लागु औषध खैरो हिरोइन जस्तो  देखिने पदार्थ २० प्याकेट गरी जम्मा १ सय ५ ग्राम, नगद रू. २ हजार २ सय १० तथा मोबाईल १ थान फेला परेको हुँदा  उल्लेखित लागु औषध सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निज विरुद्ध लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालत बाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान कार्य भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।

यसै गरि ईलाका प्रहरी कार्यालय, पटेर्व सुगौली ले बिशेष सूचनाको आधारमा बिहीबार राती करिव १०:४५ बजेको समयमा पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नं. ०५ स्थित निचुटा गाउँ बस्ने वर्ष २० को पुलेमन मुखियालाई बिभिन्न किसिमका प्रतिबन्धित लागु औषध तथा नगद सहित आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति निजको घरमा खैरो हिरोइन जस्तो देखिने लागु औषधको  बिक्री वितरण भैरहेको भन्ने समेत व्यहोराको सूचना प्राप्त भई त्यहाँ बाट खटिएको प्रहरी टोलीले निज पुलेमन मुखियाको घर कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निज को घरबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ २ ग्राम १३ मिलि ग्राम, चरेश जस्तो देखिने पदार्थ १४ ग्राम ४७ मिलि ग्राम, सेतो पदार्थ १ ग्राम ९४ मिलि ग्राम, डिजिटल तराजु १ थान र नगद रू. २९ हजार ७० रुपैया फेला परेको हुँदा  उल्लेखित लागु औषध सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निज विरुद्ध लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालत बाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान कार्य भैरहेको कुरा पनि सूचना अधिकारी थापाले बताएका छन् ।