दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २८ भदौ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बिल विजक भन्दा बढी खुद्रा सामान तथा औषधीहरू बोकेको एउटा मालवाहक कन्टेनर लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा त्यस कार्यालय बाट खटिएको टोलीले मंगलबार राती करिब १२:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २१ परवानीपुर चोक स्थित सडक खण्डमा ना.३ ख ७६५६ नम्बरको मालवाहक कन्टेनर ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई रू. ४६ लाख ०७ हजार ३ सय ९३ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।